एघार वर्षीय बालिका जवरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

एघार वर्षीय बालिका जवरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ

जवरजस्ती करणी उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ जिल्ला जहदा गाउँपालिका वडा नं.-१ बस्ने बर्ष अन्दाजी ४५ का बोज भनिने राजेन्द्र सरबरिया रहेका छन्।
सरबरियाले गत फाल्गुन ६ गते सोहि गाउँमा रहेको मकैबारीमा साझंको समय पारि ११ वर्षीय बालिकालाई जबरजस्ती करणी गरि फरार भएका थिए। उनीविरुद्ध सोहि ठाउँ बस्ने बर्ष ३८ की पार्वती देवी मुखियाले गत फाल्गुन १३ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएकि थिइन्।

उक्त घटनामा संलग्न ब्यक्ति (प्रतिबादी) खोजतलास गर्ने क्रममा सरबरियालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्लाको साहेबगंज सिमा क्षेत्रबाट पक्राउ गरेको छ। अहिले उनलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रानी ल्याई जवरजस्ती करणी उद्योग कसूरमा थप अनुसन्धान कार्य भईरहेको इलाका प्रहरी कार्यालय रानीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्