पत्रकार महासंघ मोरङमा निर्वाचन समिति गठन

पत्रकार महासंघ मोरङमा निर्वाचन समिति गठन

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले जिल्ला शाखाका पूर्व अध्यक्ष दीपक दाहालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । आइतबार बसेको शाखाको २० औं वैठकले नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनअन्तर्गत हुने केन्द्र र जिल्ला शाखाको निर्वाचन प्रयोजनका लागि निर्वाचन समिति गठन गरेको हो । उक्त समितिको सदस्यमा इन्दिरा भट्टराई र जिल्ला बार एसोशिएसन मोरङका १ जना प्रतिनिधि सदस्य रहने छन् ।

बैठकले निर्वाचनको सन्दर्भलाई केन्द्रीत गर्दै अध्यक्ष बन्धु पोखरेल, उपाध्यक्ष कुमोद अधिकारी, उपाध्यक्ष सुशीला पाठक, सचिव अर्जुन आचार्य, सहसचिव सन्तोष राई, सत्यनारायण शर्मा र कोषाध्यष सन्तोष सिग्देल रहने गरी आर्थिक व्यवस्थापन समिति र कार्यसमिति सदस्य कौशल निरौलाको संयोजकत्वमा कार्यसमिति सदस्य हरि अधिकारी र प्रेम देवान सदस्य रहने गरी अतिथि तथा प्रतिनिधि व्यवस्थापन उपसमिति गठन गरिएको छ । कार्यसमिति बैठकले निर्वाचनलगायत अन्य विषयमा तत्कालै निर्णय लिनुपर्ने भएमा कार्यसमितिका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई कार्याधिकार दिने निर्णय पनि गरेको सचिव आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्