कविता प्रतियोगितामा अस्मिता प्रथम

कविता प्रतियोगितामा अस्मिता प्रथम

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अस्मिता विश्वकर्मा प्रथम भएकी छन् ।
१७ जना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मिता प्रतियोगितामा प्रथम हुन सफल भइन् । उनले २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै प्रतियोगितामा इसु पन्त द्वितीय, दीपिका पोखरेल तृतीय, मिलन भट्टराई र रेश्मा खवास सान्त्वना भए । उनीहरलाई पनि १५, १–१ हजार नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. विमल श्रीवास्तवको निर्णायक समितिले वाचन भएका कवितामध्येबाट पुरस्कृत कविता छनौट गरेको थियो । उत्कृष्ट विद्यार्थीहरुलाई प्रमुख निर्णायक नवोदित, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्कालगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कलेजले विद्यार्थीहरुमा अध्ययनसँगै साहित्यप्रति अभिरुचि जगाउन कविता प्रतियोगिता आयोजना गरिएको खड्काले बताए । उनका अनुसार कलेजले कविता प्रतियोगितासहित बेला–बेला निबन्ध, वक्तृत्वकला, खेलकुदलगायतका अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्