उर्लाबारीका प्रविन बाँस्तोला मृत्यु प्रकरणसँग जोडिएका घरधनी गिरी पक्राउ

उर्लाबारीका प्रविन बाँस्तोला मृत्यु प्रकरणसँग जोडिएका घरधनी गिरी पक्राउ

विराटनगर । मोरङ उर्लाबारीका प्रविण बाँस्तोलाको रहस्यमय मृत्यु प्रकरणमा संलग्न अभियोग लागेका थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले घरधनी रमेश गिरीलाई उर्लाबारीबाट पक्राउ गरेको हो । घरधनी उर्लाबारी नगरपालिका–६ का रमेश गिरीको घरमा डेरा लिएर बसेका साथीको कोठामा सुतेकै रात उनको मृत्यु भएको थियो । उर्लाबारी–५ घर भएका प्रविनको हत्या आरोपी गिरीलाई आइतबार पक्राउ गरिएको थियो ।

बाँस्तोलाको गत पुस ५ गते मृत्यु भएको हो । उनको मृत्यु नभइ हत्या भएको दाबीसहित आफन्तले आन्दोलन चर्काएपछि प्रहरीले कर्तव्य ज्यान कसुरमा अनुसन्धान गरेको थियो । प्रहरीले हत्या भन्ने लाग्दालाग्दै छोडेका व्यक्तिमध्ये होटल सञ्चालक कुमार राई, मृतक प्रविणका साथी मेहरमान दर्जी र घरधनी गिरीलाई पक्राउ गरेको छ । बाँकी राजेश रणपहेली, , दिपेश पौडेल र सुदिप परियार फरार रहेका छन् । सरकारी वकिलको कार्यालयले गत बुधबार कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत मोरङमा अभियोगसहित उपस्थित गराइएका होटल सञ्चालक राईलाई तीनलाख धरौटी र दर्जीलाई थुनामा राखेर पूर्पक्ष गर्न आदेश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्