राष्ट्रिय सौन्दर्यकर्मी युनियन महानगरमा अमिता पोखरेल ,कमिटिलाई सक्रिय बनाउदै लैजाने प्रतिवद्धता

राष्ट्रिय सौन्दर्यकर्मी युनियन महानगरमा अमिता पोखरेल ,कमिटिलाई सक्रिय बनाउदै लैजाने प्रतिवद्धता

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिको अध्यक्षमा अमिता पोखरेल  (पौडेल ) चयन हुनुभएको छ ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटीको तेस्रो अधिवेशनबाट पोखरेले अध्यक्षतामा १३ सदस्य सर्वसम्मतले चयन गरीएको छ । कमिटीको उपाध्यक्षमा सविता थापा (केसी ) सचिवमा भली सुब्बा, सह–सचिवमा प्रतिमा ओझा र कोषाध्यक्षमा मन्दिरा भट्टराईलाई चयन गरिएको छ ।


विराटनगर १० स्थित एक्वा पार्कमा भएको तेस्रो भेलाले सदस्यहरुमा सविता कार्की, सम्झना दाहाल सुनिता तामाङ , ओम कुमारी राई, उर्मिला तिम्सीना, मिरा देवी पाण्डे, सिलु श्रेष्ठ बज्राचार्य र बसन्ती गुरुङ रहेका छन् ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश कमिटी संयोजक निलम ढुङगेल, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल शिक्षा विभागकी सचिव ममता प्रधान, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश १ कमिटिकी उपाध्यक्ष ललिता धिमाल र प्रदेश सदस्य कला डाँगी, निता मगरको उपस्थित रहेको थियो ।


नयाँ चयन भएको कमिटिले आगामीदिनमा महानगरमा थप कमिटीलाई विस्तार गर्दै लाने र सौन्दर्यकलाको क्षेत्रमा आवद्धहरुलाई व्यक्तित्व विकासको तालिमसँगै यो क्षेत्रलाई थप उर्जाशिल बनाएर लैजाने नव नवनिर्वाचित अध्यक्ष अमिता पोखरेलले प्रतिवद्धता जनाउनुभयो । तेस्रो अधिबेशनसँगै बनभोजको कार्यक्रम समेत आयोजना गरेको थियो ।

अधिवेशन पस्चात कार्यक्रममा सहभागीहरुले मनोरन्जनात्मक  साँगितिक कार्यक्रम र नव निर्वाचित सचिव भलि सुब्बाको जन्मदिन समेत केक काटेर मनाएका थिए ।

तस्वीर :सुरन्जन लिम्बु /आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्