‘प्रदेश १ मा नेपाली चलचित्रको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम धरानमा सम्पन्न

‘प्रदेश १ मा नेपाली चलचित्रको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम धरानमा सम्पन्न

‘प्रदेश १ मा नेपाली चलचित्रको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम शनिवार धरानमा सम्पन्न भएको छ । उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राई, विशिष्ट अतिथि निर्देशक समाजका महासचिव जनकदीप पराजुली र महिला निर्देशक दीपा बस्नेत लगायतको उपस्थिति रहेको थियो।
चलचित्रकर्मी महासङ्घका प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानको अध्यक्षता रहेको कार्यक्रममा चलचित्र निर्देशक–निर्मातादेखि मोडल, हल सञ्चालक, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले गरेको कामको चर्चा काठमाडौँमा समेत हुने गरेको बताउनुभयो । ‘प्रदेश नम्बर एकमा चलचित्र महासङ्घ जहिलेदेखि खुलेको छ, त्यस दिनदेखि कुनै न कुनै काम गरिरहेको छ । उहाँले भन्नु भयो, ‘त्यसले गर्दा केन्द्रमा पनि पूर्वमा हुने गतिविधिहरुको चर्चा भइरहेको हुन्छ ।’
यस्तै गरी महिला निर्देशक दीपा बस्नेतले कार्यक्रममा बोल्दै भन्नुभयो,‘ राम्रो चलचित्र बनाएर सफलता पाउनु छ भने अरुको भरपर्नु हुदैन । हाम्रो आफ्नै घर–घरमा कथा छ, व्यक्ति–व्यक्तिमा कथा छ, माटो सुहाउँदो कथा हामीसँगै छ ।’ यसको पहिचान गर्न सके राम्रो चलचित्र बनाउ सजिलै सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्