सात महिना अगाडी बेलबारी–५ कसेनी घटनामा संलग्न धामी पक्राउ

सात महिना अगाडी बेलबारी–५ कसेनी घटनामा संलग्न धामी पक्राउ

विराटनगर । सात महिना अगाडी गत भदौ १२ गते बेलबारी–५ कसेनीको लोहन्द्रापुलमा भएको विवाद र दोहोरो हानहानका क्रममा घाइते चन्द्रकुमार राईको मृत्युपछि घटनामा संलग्नमध्येका एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटनापछि फरार रहेका ग्रामथान गाउँपालिका–४ मोतीपुरका ओमनारायण धामीलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका फरार प्रतिवादी धामीलाई बुढीगंगाबाट पक्राउ गरिएको हो ।

घटनापछि प्रहरीले जितेन चौधरी, दिनेश श्रेष्ठ, सन्तोष मगरसहितलाई प्रतिवादी बनाएर कर्तव्य ज्यान कसुरमा अनुसन्धान गरेको थियो । घटनामा संलग्न मध्येका धामीलाई समेत पक्राउ गरिएको हो ।
यो समुहले चन्द्र कुमार राई, सई कुमार राई, समुन्द्र राई, गौरव राईसँग विवाद गर्दा धारिलो हतियार प्रयोग गरि घाइते बनाएकाम्ध्ये चन्द्रकुमार राईको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्