भरतमोहन अधिकारी फाउण्डेशनले ज्येष्ठ नागरिक तथा अग्रज कम्यूनिष्ट सम्मान गर्ने

भरतमोहन अधिकारी फाउण्डेशनले ज्येष्ठ नागरिक तथा अग्रज कम्यूनिष्ट सम्मान गर्ने

विराटनगर । भरतमोहन अधिकारी स्मृति फाउण्डेशन, नेपालले ज्येष्ठ नागरिक तथा अग्रज कम्यूनिष्टहरुलाई विशेष समारोहकाबीच सम्मान गर्ने भएको छ । फाउण्डेशनको दोस्रो स्मृति समारोह मंगलबार विराटनगरमा आयोजना गरेर ज्येष्ठ नागरिक तथा अग्रज कम्यूनिष्टहरुलाई सम्मान गरिने भएको हो ।

फाउण्डेशनका संस्थापक महासचिव लिमा अधिकारीका अनुसार नेकपामा अध्यक्ष माधव नेपालको उपस्थितिमा विराटनगरमा कार्यक्रम आयोजना गरिने भएको छ । विराटनगरस्थित विष्णुमाया पुस्तकालयसँगको सहकार्यमा फाउण्डेशनले दोस्रो स्मृतिसभा विराटनगरमा गर्ने तयारी गरेको छ ।

महासचिव अधिकारीका अनुसार १२५ जना ज्येष्ठ नागरिक र २३ जना अग्रज कम्यूनिष्टहरुलाई विशेष सम्मान गरिनेछ । ज्येष्ठ नागरिकमध्ये एकसय वर्षदेखि १०७ वर्षसम्मका पाँचजना, ९० वर्ष भन्दा माथिका २१ जना र ७०–९० वर्षका बाँकी रहेका छन् । त्यसैगरी स्वग्रिय अधिकारीसँगै कम्यूनिष्ट आन्दोलनमा सक्रिय रहेका २१ जना अग्रजयोद्धालाई समेत सम्मान गरिने अधिकारीले जानकारी दिनुभयो । विष्णुमाया पुस्तकालयका संस्थापक अध्यक्ष केशव गौतमका अनुसार कार्यक्रममा स्वर्गिय अधिकारीको योगदानको चर्चा, सरकारमा हुँदा नागरिकको सामाजिक सुरक्षाप्रति देखाएको उदारता लगायतका विषयमा छलफल गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्