प्रचण्ड–माधव समूहद्वारा बुधबारका लागि नेकपा केन्द्रीय कमिटी बैठक आव्हान

<span class='c1'>प्रचण्ड–माधव समूहद्वारा बुधबारका लागि </span> <span class='c2'>नेकपा केन्द्रीय कमिटी बैठक आव्हान</span>

काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले यही फागुन १९ गते केन्द्रीय कमिटीको बैठक डाकेको छ । आज बसेको सचिवालय बैठकले बुधबार दिउसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ। नेकपा पार्टी अनौपचारिक रुपमा प्रधानमन्त्री ओलीले गत पुस ५ गते संसद विघटनको असंवैधानिक कदम चालेपछि विभाजित ।

बैठकमा देव गुरुङलाई प्रमुख सचेतकबाट हटाउनुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा समेत छलफल भएको छ । प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरी ओलीले खोटाङबाट निर्वाचित विशाल भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्