मोरङमा १ लाख ३५ हजारलाई कोभिड १९ विरूद्वको खोप लगाईने

मोरङमा १ लाख ३५ हजारलाई कोभिड १९ विरूद्वको खोप लगाईने

विराटनगर । मोरङमा कोभिड १९ विरूद्वको खोप १ लाख ३५ हजारलाई लगाईने भएको छ । तेश्रो चरणको अभियान अन्तरगत १ लाख ३५ हजार ४९३ जनालाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जाानकारी दिनुभयो ।

फागुन २३ गतेबाट शुरू गरिने अभियान अन्तरगत ५५ वर्ष माथिको उमेर समुहलाई खोप लगाईने उनले बताए । तेश्रो चरणका लागि ७२ स्थानमा खोप केन्द्र निर्धारण गरिएको डा। मेहताले जानकारी दिए । माघ १४ गतेबाट शुरू भएको खोप अभियानमा अहिलेसम्म कुनै समस्या नदेखिएको उनले बताए । मोरंगमा पहलो चरणमा ५ हजार ८५९ र दोश्रो चरणमा ५ हजार ३३४ जनाले खोप लगाएको स्वास्थ कार्यालयका सूचना अधिकारी धरणीधर निरौलाले बताए । दुई चरणको कार्यक्रममा ९२ दशमलव ५ प्रतिशत प्रगति भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्