प्रवीण बास्तोला मृत्यु प्रकरण : परियार पक्राउ, दुईजना अझै फरार

प्रवीण बास्तोला मृत्यु प्रकरण : परियार पक्राउ, दुईजना अझै फरार

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको हत्या प्रकरणमा संलग्न आरोप लागेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षीय सुदीप परियार रहेका छन् । परियार हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक हुन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट पक्राउ गरेको हो । उनलाई सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिने भएको छ । यस अगाडी घटनामा जोडिएका उर्लाबारी नगरपालिका–६ का ६० वर्षीय रमेश गिरीलाई जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सोमबार एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । गिरी आइतबार साँझ पक्राउ परेका थिए ।

सातदिन अगाडी पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । मुद्दामा प्रतिवादी बनाइएकामध्ये चार जना पक्राउ परिसकेका छन् । उर्लाबारीका राजेश रणपहेली र झापा बैगुनधुराका ३१ वर्षीय दीपेश पौडेल फरार छन् । फरार भएकाहरुको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्