मोरङको सुनवर्षीमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाईते

मोरङको सुनवर्षीमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाईते

विराटनगर । मोरङ सुनवर्षी नगरपालिका–४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजे सुनवर्षी–१ काला बन्जार स्थित डाँस खोलाको बगरमा माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर घटनास्थलमानै मृत्यु भएको हो ।

माटो खन्नसँगै गएका सोही स्थान बस्ने ९ बर्षीया मनिका यादव र ५५ बर्षीया झोलीया यादव समेत घाईते भई रंगेली अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रंगेली मोरङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्