विराटनगरको सेन्ट्रल मल २ बर्षमा प्रबेश, फागुन २० गते लाईभ लाईभ कन्सर्ट

विराटनगरको सेन्ट्रल मल २ बर्षमा प्रबेश, फागुन २० गते लाईभ लाईभ कन्सर्ट

विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल मल र सेन्ट्रल बजारले आफ्नो दोस्रो बार्षिक उत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ ।


२ बर्ष अगाडी संचालनमा आएको सेन्ट्रल मलले साँगितीक कार्यक्रमसँगै आफ्ना ग्राहकबन्धुहरुलाई विशेष छुटको अफर ल्याएको हो ।
सेन्ट्रल बजारका बजार व्यावस्थापक ओम घिमिरेका अनुसार दोस्रो बार्षिक उत्सव आगामी फागुन २० बिहिबार साँझ साँगितीक प्रस्तुती आयोजना गर्न लागेको छ । साथै उत्तदिन सेन्ट्रल मलले बार्षिक उत्सवको अबसर पारेर नगरपरिक्रमा गर्ने जनाएको छ ।


साँगितकी कार्यक्रममा नेपालका चर्चित युवा गायक कालिप्रसाद बासकोटा , दमकको सिक्नेचर व्याण्डको प्रस्तती रहने सेन्ट्रल मल जनाएको छ । यसका साथै सेन्ट्रल बजारको खाद्यन्नमा १० प्रतिशात , लत्ताकपडामा ५० प्रतिशत र ईलोक्ट्रोनिक्समा २० प्रतिशत छुटको व्यावस्था गरेको छ ।
साथै मल्टिप्लेक्सले ५० रुपैँयामा सिनेमाको टिकेट व्यावस्था गरेको जनाएको छ । प्रदर्शनमा आएका जुनै पनि सिनेमा हेर्नको लागी ५० रुपैयामा विशेष अफर दिएको सेन्ट्रल मल्टिप्लेसले जनाएको छ । यसका साथै सेन्ट्रल मल भित्र रहेका अन्य पसलहरुले बार्षिक उत्सवको अवसरमा विशेष छुटको अफर दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्