अनलाइन माध्यमबाट महानगरको कर भुक्तानी गर्न सकिने व्यावस्था

अनलाइन माध्यमबाट महानगरको कर भुक्तानी गर्न सकिने व्यावस्था

विराटनगर । विराटनगर महानगरमा तिर्नुपर्ने बिल भुक्तानी अब अनलाइन मार्फत गर्न सकिने भएको छ । मंगलबार विराटनगर महानगरले एक कार्यक्रम गर्दै यसबारे जानकारी गराएको हो । अनलाइन प्रविधि सेवाको विराटनगर महानगरका मेयर भीम पराजुलीले इ–सेवा एकाउन्ट खोलेर शुभारम्भ गरेका छन् ।


साग्रिला इन्फरमेटिक्स प्रा.लिको प्राविधिक सहयोग लिएर विराटनगर महानगरले इ–सेवा र खल्ती लगानी मार्फत भुक्तानी गर्न सकिने ब्यवस्था मिलाएको हो । उक्त अवसरमा बोल्दै मेयर पराजुलीले देश बिदेशमा बसेर पनि यो सेवा लिन सकिने बताए । विराटनगर महानगर प्रवि
िधमैत्री बन्दै जानेक्रममा विभिन्न कार्यक्रम ल्याएर सेवा दिने काममा जुटिरहेको छ ।
यसको प्राविधिक सहयोग गरेको साग्रिला इन्फरमेटिक्स प्रालि काठमान्डौंका सपोर्ट अफिसर दिवश लामिछानेले यस कार्यक्रम बाट सेवाग्राहीहरुले सहजरुपमा सेवा लिन पाउने बताए । समाज दैनिकरुपमा प्रविधिमैत्री बन्दै गएको र यो सेवा पनि भरपर्दो भएको हुदा यसवाट सहजरुपमा जनताले सेवा लिन सक्ने बताए ।

कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत इन्द्रमणि पोखरेल,वडाध्यक्ष बलदेव यादव,शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडा,सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया,वित्तिय व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधान,सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतम,आर्थिक प्रशासन शाखा प्रमुख लक्ष्मी नेपाल,लेखा अधिकृत सन्जिब भट्टराई लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्