सुनबर्षी–८ का बडा अध्यक्षसँग दोहोरो नागरिकता भएको आरोप लगाउँदै चारजना वडा सदस्यद्वारा कारवाहीको माग

सुनबर्षी–८ का बडा अध्यक्षसँग दोहोरो नागरिकता भएको आरोप लगाउँदै चारजना वडा सदस्यद्वारा कारवाहीको माग

रबिन्द्र बराल
रंगेली । मोरङको सुनबर्षी नगरपालिका ८ का वडा अध्यक्ष नुरुल मियाँसँग नेपाल र भारतको दोहोरो नागरिकता भएको आरोप लगाउँदै चारजना वडा सदस्यले कारवाहीको माग गरेका छन् । उनीहरुले पत्रकार सम्मेलनमार्फत आफ्नै वडा अध्यक्षमाथि कारवाहीको माग गरेका हुन् ।

अध्यक्ष मियाँले दिल्लीमा बस्दा आधार कार्ड बनाएको स्वीकार गर्दै आफू भारतीय नागरिक नभएको बताउनुभयो । चारवर्ष अगाडीसम्म दिल्लीमा मेरो व्यवसाय थियो, अध्यक्ष मियाँले भन्नुभयो–त्यो कुरा अहिले पत्रकार सम्मेलन गर्नेहरुलाई चुनावकै बखत पनि थाहा थियो । आधार कार्ड बनाएपछि बस्नका लागि सहज हुने भएका कारण बनाएको बताउँदै अध्यक्ष मियाँले भारतीय नागरिक भएको पुष्टि हुने अन्य कागजात नभएको दावी गर्नुभयो । छानविन गर्ने निकायले छानविन गरोस्, मियाँले भन्नुभयो–आधारकार्डले भारतीय नागरिक भएको पुष्टि गर्ने रहेछ भने कानुन अनुसारको सजाय भोग्छु ।

वडा सदस्यहरुले पत्रकार सम्मेलनमा वडा अध्यक्ष मियाँले ७०५४९२०३५५७० ‘क’ भीआइडी ९१२३८१११८८५३४५० नम्बरको आधारकार्ड भेटिएको बताएका छन् । उक्त आधारकार्डमा १९७९–१–१ लेखिएको छ । नेपाली नागरिकता मा भने नुरुलको जन्म २०३६ बैशाख २० गते लेखिएको छ । उक्त नागरिकता ६११८ नम्बरको र जारी मिति २०५५ असार ५ गते भएको पाईएको छ ।
आधारकार्डका आधारमा भारतको फिनो पेमेन्टस बैंकमा २०००२७६३७३२ नम्बरको आफ्नो बैंक खाता समेत सञ्चालन गरेर सन् २०१८ डिसेम्बर ५ तारिख (२०७५ मंसिर १९) मा एटिएम समेत लिएको देखिन्छ । उनले बैंकमा ९०६५६८८१९८ नं.को भारतीय सम्पर्क नं. राखेका छन् । सो बैंक खातामा नुरुलको ठेगाना मातारा मिया सोनापुर वडा नं. ८ अररिया देखिन्छ ।

यता नेपालमा पनि नुरुल मियाँको नाममा वंशजकै नागरिकता रहेको छ । उनले वंशजको नागरिकता लिएको देखिएको छ । आधार कार्डको आधारमा भारतीय बैंकहरुमा खाता खोलेर एटीएम, भारतबाटै सिम कार्ड निकालेर प्रयोग गरेको देखिन्छ । अध्यक्ष मियाँले व्यवसाय गरेपछि बैंकमा खाता खोलेको बताउँदै अहिले ठेक्कापट्टा लगायतका विषयमा जोडिएका व्यक्तिहरुले अनावश्यक उचालेर प्रभावित बनाउन खोजेको बताउनुभयो ।

स्थानीय युवा इस्तियाज आलम र वडा सदस्यहरुकै सक्रियतामा माघ २६ गते जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरमा नुरुल मियाँको दोहोरो नागरिकता बारे छानबिन गरी कारबाहीको माग गर्दै उजुरी हालेका छन् । नुरुलले भारतको नागरिकताबाट त्यहाँको सुबिधा प्रयोग गर्दै नेपाली नागरिक हुँ भन्दै झुटो विवरणको आधारमा नेपाली नागरिकता लिएको भन्दै नेपाली नागरिकता ऐन २०६३ दफा १० अनुसार नेपाली नागरिकता बद्दर गरी ऐनको दफा २१ बमोजिम कारबाही गर्न माग गरिएको छ ।
वडा अध्यक्ष ले जनता आवास लगायतको कार्यक्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरु पयोग अनुसन्धान आयोगमा मुद्दा हालेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सोही वडाका वडा सदस्य कन्याँ मिया, कन्हैया लाल गन्गाई , दुखिया ऋिषिदेव र शिला देवी गनगाँईले संयुक्तरूपमा कार्वाहीको लागि आवहान गरेका हुन् । बडा अध्यक्षले प्रधानमन्त्री जनता आवास कार्यक्रम अनतर्गत सुनबर्षी–८ मा ५६ वटा घर निर्माण हुनुपर्ने थियो । तर, त्यहाँ हालसम्म १४ वटा मात्र घर बनेको त्यो पनि नक्सा र स्टीमेट अनुसारको नबनेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी हालेका हुन् । जनता आवास कार्यक्रम अनुसारको घर निर्माण गर्न वडा अध्यक्ष नुरुल मियाकै संयोजकत्वमा उपभोक्ता समिति गठन भएको अख्तियारलाई बुझाएको उजुरी पत्रमा उल्लेख छ ।
निर्माण भएको १४ वटा घर पनि नक्सा अनुसारका नबनेको, स्टीमेटमा घरको जग २२ फुटको भएपनि २० फुटमा मात्र बनाइएको, पीसीसी, डीपीसी योजना अनुसार नभएको, इँटा, सिमेन्ट कमसल प्रयोग गरेको, रड स्टीमेटको भन्दा सानो प्रयोग भएको भन्दै तत्काल छानबिन गरी कारबाही गर्न माग गरिएको छ । स्टीमेट र निर्माण भएको घर हेर्दा प्रत्येक घरमा एक लाख बढी भ्रष्ट्राचार भएको पत्रमा दाबि गरिएको छ ।

वडामा हुने सम्पूर्ण योजना वडा सदस्यहरुसँग समन्वय नगरि आफूखुसी गर्ने र नगरपालिकाबाट अनुगमनमा आउँदा आफूहरुलाई समस्य पर्ने गरेको वडा सदस्य कन्हा मियाँले बताए । बिकास निर्माणहरुमा वडामा एउटा निर्माण हुन्छ अध्यक्ष नुरुलले अर्के काम गर्ने आफू अनुकुल उपभोक्ता समिति बनाएर अर्कै काम गर्ने गरेको वडा सदस्य कन्हौलाल गन्गाईले बताए । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय धनकुटामा फागुन ७ गते उजुरी परेको हो । नुरुलले भारतीय नागरिकता बोकेर नेपालको जनप्रतिनिधि भएर कसैको कुरा नसुन्ने, जथाभाबि अख्तियार दुरुपयोग गर्नुको साथै भ्रष्ट्राचार गरेको रकम भारतीय बैंकमा खोलिएको खाताहरुमा राख्ने गरेकोले तत्काल कारबाही हुनुपर्ने वडा सदस्यहरुको माग राखेका छन् ।

वडा अध्यक्ष मियाँले भने अहिलेसम्म वडा सदस्यहरुले सहयोग नगरेको बताउँदै उनीहरुले बैठकमा आएर हस्ताक्षर गर्नुभन्दा पहिला नै दश हजारका दरले रकम माग्ने गरेको आरोप लगाउनुभयो । इस्तियाज भन्ने केटा ठेकेदार हुन्, उनलाई एउटा ठेक्का नदिएकोले वडा सदस्यहरुलाई उचालेर पत्रकार सम्मेलन गरिएको अध्यक्षको भनाई छ । उनले अगाडी भने सिक्टीका एउटा केटालाई लागुऔषधमा फसाएर इस्तियाज र चारजना वडा सदस्यले उसको जग्गा नै कब्जा गरिदिएका छन्, अध्यक्ष मियाँले भन्नुभयो–बेइमान उनीहरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्