रोटरी क्लब अफ विराटनगर फ्यूजनले “साइक्लोथोन–२.०” आयोजना गर्दै

रोटरी क्लब अफ विराटनगर फ्यूजनले “साइक्लोथोन–२.०” आयोजना गर्दै

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्यूजनले “साइक्लोथोन–२.०” साइकल प्रतियोगिताको गर्ने भएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोटरी क्लब अफ विराटनगर फ्यूजनले साइकल प्रतियोगिता २२ गते शनिबार हुने जानकारी दिएको हो ।

मारवाडी सेवा समितिबाट शनिबार बिहान ५ बजे प्रतियोगिता सुरु हुनेछ । मारवाडी सेवा समितिबाट सुरु भएको साइकल यात्रा बुधनगरको आईसीपी चौकी हँुदै मारवाडी सेवा समितिमा आएर २० किलोमिटरको दुरी पार गर्दै समापन हुनेछ । प्रतियोगितामा १४ बर्ष माथिका महिला पुरुष दुबैले सहभागिता जनाउन सक्नेछन् ।

सामाजिक सेवामा योगदान गर्दै आइरहेको यस क्लबले प्रतियोगिताबाट प्राप्त रकम श्री बेगनलाल आधारभूत विद्यालयको आधारभूत भैतिक संरचना निमार्ण गर्ने उद्देश्य रहेको क्लबकी प्रेसिडेन्ट श्रीजा काबराले बताइन् । प्रतियोगितामा प्रथम विजेताले २० हजार, द्वितिय विजेताले १० हजार र तृतीय विजेताले ५ हजार नगद राशि प्राप्त गर्नेछन् । ३ सय जनाले प्रतियोगितामा सहभागिता जनाउने अनुमान गरिएको क्लबका चाटर प्रेसिडेन्ट रजत टोडीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्