ट्रकको ठक्करबाट २ को मृत्यु ४ घाईते

ट्रकको ठक्करबाट २ को मृत्यु ४ घाईते

बिर्तामोड । झापा कनकाई नगरपालिका ४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् ।

बुधबार दिउँसो साढे ३ बजे को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र१–०१–००१ च १६७ नम्बरको कार र प्र१–०१–०१३ प १७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ कारमा सवार सुनसरी धरान–१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलु पासाङ–१ का ३० बर्षीय दिलिप राना मगर गम्भिर घाईते भई बीएण्डसी अस्पतालमा उपचारको क्रममा ५ बजे मृत्यु भएको हो ।

कारमा सवार दिलिप राना मगरको श्रीमती ३० बर्षीय अन्जु मगर, सोही स्थान बस्ने ३० बर्षीय सुरेश मगर र मोटरसाईकलमा सवार झापा शिवसताक्षी २ का ३९ बर्षीय ज्ञान बहादुर कसाई र मोटरसाईकल पछाडी सवार निजकै श्रीमती ३० बर्षीया सोनम श्रेष्ठ घाईते भएका छन् ।
घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रक, ट्रक चालक मोरङ विराटनगर-१५ बस्ने प्रेम बहादुर वाईबा प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्