ओवी समाचार प्रभाव : अस्पतालमा भोकभोकै बसेका आमाछोरालाई विराटनगरका युवाले खाना खुवाउने

ओवी समाचार प्रभाव : अस्पतालमा भोकभोकै बसेका आमाछोरालाई विराटनगरका युवाले खाना खुवाउने

विराटनगर । अस्पतालले डिस्चार्ज गरेको एक महिना वितिसक्दा पनि उपचार खर्च तिर्न नसकेपछि अस्पतालमा नै बस्दै आएका आमाछोरालाई विराटनगरका युवा अभियान्ताहरुले निःशुल्क खाना खुवाउने भएका छन् । सवारी दुर्घटना गराउने पक्षले अस्पतालमा लागेको खर्च नव्योहोर्दा सिराहा जिल्लाको खिरौना १४ बस्ने गेनादेवी सदा आफ्नो घाईते छोरासँग अहिले विराटनगर अस्पताल मै बस्दै आएका छन् ।

गेनादेवीकी ३ बर्षीय छोरा कात्तिक सदालाई गत मंसिर २० गते सिराहा नगरपालिका १३ का वडा अध्यक्ष सचिन साहको ट्याक्टरले ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका बालकलाई उपचारर्थ विराटनगर ल्याइएको थियो । अस्पतालका चिकित्सकले मरिसकेका बालकलाई बचाउन पनि सफल भए । गेनादेवी सदा र उनका ३ बर्षे छोरालाई अस्पतालले गत माघ १६ गते डिस्चार्ज गरेको थियो । तर, अस्पताल औषधी पसल र होटलमा खाएको खानाको पैसा तिर्न नसकेपछि डिस्चार्ज भएको एक महिना बितिसक्दा पनि अस्पताल मै बस्न बाध्य छन् ।

आफुहरुले होटलमा खाएको खानाको पैसा तिर्न नसकेपछि होटलवालाले पनि खाना दिन छाडेपछि केहीदिन यता भोक भोकै बस्दै आएको उनले यस अघि आवर विराटनगरको भिडियो रिर्पोटमा आफ्नो पिडा सुनाएकी थिईन् । विराटनगरका केही युवा अभियान्ताहरुले अस्पताल मै पुगेर खाना र खाजा अनि मास्कहरु समेत बालक र आमालाई दिएका थिए । आवर विराटनगरको त्यही भिडियो रिर्पोट हेरेर उनीहरुको पिडा देख्न नसकेपछि आफुले खाएको केही भाग छुटाएर भएपनि आमाछोरालाई खाना खुवाउने मन जागेर आयो, विराटनगरका युवा अभियान्ता पप्पु अन्सारीले भने ।

हस्पिटलमा बसुन्जेल निःशुल्क खाना खुवाउने अन्सारीले प्रतिबद्धता जनाए । अन्सारीले यस अघि पनि लकडाउनको बेला सडक पेटीमा बस्दै आएका व्यक्तिहरुलाई पनि निःशुल्क खाना खुवाउँदै आएका थिए । त्यती मात्र हैन बालक र आमाको उद्धारका निम्ती २ हजार रुपैया अन्सारीले आफैबाट सुरुवात गरेका थिए । आवर विराटनगरको भिडियो हेरेर अस्पताल मै पुगेर केही व्यक्तिले समेत आर्थिक सहयोग गरेको गेनु सदाले बताईन् ।

यता विराटनगरको अर्का युवा अभियान्ता पेरिस सुवेदीले ट्याक्टर धनी वडा अध्यक्ष सचिन साहलाई सबैले मिलेर बालकको उपचाररर्थ लागेको खर्च व्याहोर्नको लागी दवाव दिनुपर्ने बताए । अस्पतालमा अहिलेसम्म ८ लाख १५ हजार ३ सय १२ रुपैया खर्च भईसकेको छ । जसमध्ये ट्याक्टर धनीले ३ लाख ५१ हजार अस्पतालाई पठाएको अस्पताल प्रसाशनले जनाएको छ । अस्पतालमा अब ५ लाख ,औषधीको ७५ हजार र होटलको ५५ हजार रुपैया बाँकी रहेको कातिक सदाकी आमाले बताइन् । ट्याक्टरवालालाई भन्दा पनि कुनै वास्ता नगरेको उनले सुनाईन् । वडा अध्यक्षले पैसा पाउनको लागी मुद्धा लडेर आईज अनि मात्र पैसा दिन्छु भन्दै धम्की दिने गरेको गेनादेवी सदाले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्