जिपले ठक्कर दिदा एक जनाको मृत्यु

जिपले ठक्कर दिदा एक जनाको मृत्यु

काठमाडौं
ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहाल रहेकी छिन्। महानगरीय प्रहरी परिसर ललितपुरले जनाएअनुसार स१ज ५६७ नं को जीपले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

दहाल कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थी भएकाले उक्त घटनापछि चालकको लापरवाहीले दुर्घटना भएको आरोप लगाउँदै सो क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले केहीबेर जिप र त्यसका चालकलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै प्रदर्शन समेत गरेका छन् ।

प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए अनुसार सो जिप र चालकलाई नियन्त्रणमा लिइ थप कारवाहीका लागि अनुशन्धान अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्