स्किल वीक २०२१ आयोजना हुदैँ

स्किल वीक २०२१ आयोजना हुदैँ

स्किल वीक २०२१ ग्लोकल आफ्टर स्कुल आयोजना हुने भएको छ। ग्लोकल प्रालिको आयोजनामा उक्त कार्यक्रम साताव्यापी रुपमा २१ मार्च देखी २९ मार्च(चैत्र ८ गते देखि १६ गते )सम्म हुन लागेको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, विषयगत अध्ययन, लगायत मनोरन्जनलाई मध्यनजर गर्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिने आयोजकले जानकारी दिएका छन्।

ग्लोकलले बिगत लामो समयदेखि युवा बर्गहरुको सीप विकास गर्न र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ। यस कार्यक्रममा संस्थाले कला र संस्कृति , उद्दमशीलता,पर्यटन तथा आतीथ्य , बिज्ञान तथा प्रबिधी गरि ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गर्ने जानकारी दिएको छ ।

सकारात्मक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको यस संस्थाले उद्योग तथा शैक्षिक क्षेत्रलाई जोड्ने र रोजगारमूलक सीप सिकाउन यसले विभिन्न प्रशिक्षण, वर्कसप, अनलाइन तथा अफलाइन कोर्षको माध्यमबाट सीपमूलक शिक्षा पनि प्रदान गरिरहेको छ ।

यस साझा प्लेटफर्ममार्फत बिभिन्न सिपमुलक कार्यशाला एवम प्रतिस्पर्धामा गत बर्ष पनि सयौं युवाहरूको उल्लेखनिय उपस्थिती रहेको थियो जहा उनिहरुले नेपालकै पहिलो स्किल फेस्ट पनि अवलोकन गरेका थिए ।
गतबर्षझै यसबर्ष पनि हामी स्किल वीक कार्यक्रमको नयाँ संस्करण ल्याइरहेका छौं जसले रोजगारको लागि सीपको लागि इकोसिस्टम निर्माणको लागि कडा उद्देश्य राख्छ ।

यस संस्थाद्वारा कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बढ्दो सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रविधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक नामक कार्यक्रम सन्चालन गर्न लागेको हो । यस कार्यक्रममा १८ देखि ३० वर्षकाले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्नेछन र सोहि कार्यक्रमबाट सिप बिकासको बारे जानकारी लिन सकिने आयोजक संस्थाले
बताएको छ।

संस्थाले जानकारी दिएअनुसार यो युवाहरुका लागि एक खुल्ला मन्च हो जहा सम्पूर्ण आवेदन निशुल्क हुनेछन र युवाहरुले सिपका बिभीन्न किसिम, यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन् । स्किल वीकले युवाहरुलाई बिभिन्न सिपका बारेमा अन्वेषण गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्नेछ ।

कार्यक्रमका मुख्य बिशेषताहरुमा ( छलफल, सिपमुलक प्रस्तुती, विषयगत अध्ययन, प्रतिस्पर्धा, कार्यशाला, इंटर्नशिप र रोजगार मेला) रहेका छन् । २१ देखी २९ मार्चसम्म बिभिन्न संघसंस्थाद्वारा अनलाइन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने छ । का साथै
२७ मार्चमा, इन्टर्नशिप र मिनी रोजगार मेला सोल्टी क्राउन प्लाजाको परिसरमा आयोजना गरी केस स्टडी प्रेजेंटेशनको साथसाथै आयोजना गरिनेछ ।
२९ मार्च, समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२१ नामक भब्य कार्यक्रम सन्चालन गरिनेछ ।

सी ई वो अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम हो। यो एक फोरम हो जहाँ ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्गनिर्दॆश प्रदान गर्नका सन्चालन गरिन्छ ।
सोही दिन स्किलको क्षेत्रमा योगदान दिएका ४ जना ब्यक्तितत्वहरुलाई सिप पुरस्कार मार्फत सम्मनित गर्ने कार्यक्रम पनि रहेको आयोजक संस्थाले जानकारी दिएको छ । सम्मनित हुने ब्यक्तितत्वहरुको सिपक्षेत्रको महत्व्पूर्ण कार्यलाई प्रसंशा गर्दै, कार्यक्रममा आउने विद्यार्थी एवम ब्यापार जगतका ब्यक्तिहरुलाई थप उर्जा तथा उत्साह प्राप्त हुनेछ ।
स्किल वीक र नबिल स्किल हीरो अवार्ड २०२० को समापन समारोहमा एक मुख्य नोट स्पीकरको रूपमा, शैक्षिक सुधारक, र दूरदर्शी श्री सोनम वांगचुकको उपस्थिती मा सन्चालन हुन गैरहेको आयोजक संस्थाले जनाएको छ । वांगचुककै जिवनमा आधारीत रहेर शिक्षाप्रतिको सिद्धान्तलाई आकर्षक रुपमा थ्री इडियट्स चलचित्रमा समेत दर्शाइएको छ ।

कार्यक्रमलाई सभ्य र भव्यताका साथ सफल बनाउनका लागि नबिल बैंक सँगको साझेदारिमा सन्चालन गर्न लागिएको हो । उक्त कार्यक्रमका पावर्ड पार्टनरका रुपमा सीजी पे, रणनीतिक साझेदारमा भारतको दूतावास, पि आर पार्टनर भि चित्र त्यसैगरी आतिथ्य पार्टनरका रूपमा सोल्टी क्राउन प्लाजा , एयरलाइन्स पार्टनरका रूपमा टर्किज एयरलाइन्स र नेपाल एयरलाइन्स, एचडी टिभी पार्टनरको रूपमा योहो टिभी , एप पार्टनरको रूपमा इभेन्ट्समो, नेपाल आइस मनोरन्जन पार्टनर र डिस होम रहेका छन ।
कार्यक्रम अवधिभरी विभिन्न कार्यशालाहरू, प्रतियोगिता, केस स्टडीहरू, र इंटर्नशिपका साथै लघु रोजगार मेलाहरू सञ्चालन गर्नका लागि बिभिन्न संस्थासँग सहकार्य गरेको आयोजक संस्थाले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्