इटहरीका सबै वडामा स्वास्थ्य सुविधा पु¥याउने मेयरको घोषणा

इटहरीका सबै वडामा स्वास्थ्य सुविधा पु¥याउने मेयरको घोषणा

इटहरी । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले यहि आर्थिक बर्ष भित्रमा इटहरीका सवै वडामा आधारभूत स्वास्थ्य सुविधा पुग्ने वताउनुभएको छ । इटहरी ८ मा स्वास्थ्य इकाइ भवनको शिलान्यास गर्दै वडावासीले वडा वाटै आधारभूत स्वास्थ्य सेवा पाउने बताउनुभएको हो ।

यो बर्ष १४ वटा स्वास्थ्य इकाई भवन निर्माण भएर ती भवनहरुवाट सेवा दिइने छ । कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले तीन महिनामा स्वास्थ्य इकाई भवन निर्माण भइसक्ने वताउनुभयो । उहाँले आवश्यक स्वास्थ्यकर्मी र फर्निचर लगायतका समाग्री तयार अवस्थामा रहेको बताउनुभयो ।
वडाध्यक्ष नर वहादुर राईले आफनै वडा वाट स्वास्थ्य सेवा पाउनु खुशीको कुरा भएको वताउनुभयो । स्वास्थ्य शाखा प्रमुख धनश्याम सिग्देलले सवैको पहँुचमा स्वास्थ्य पुरयाउन उपमहानगर लागि परेको वताउनुभयो । इन्जिनियर जीवन घिमिरेले २७ लाख २६ हजारमा चार कोठे भवन वन्ने जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्