युके जान चाहने विद्यार्थीकोलागि भर्चुअल शैक्षिक मेला हुदै

<span class='c1'>युके जान चाहने विद्यार्थीकोलागि</span> <span class='c2'>भर्चुअल शैक्षिक मेला हुदै</span>

युके अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरुको लागि फाल्गुन २२ गते शनिबार अनलाईन शैक्षिक मेला आयोजना हुने भएको छ । डल्फिन एजुकेशन कन्सल्टेन्सीले प्राविधिको प्रयोग गरि ‘युके भर्चुअल एजुकेशन फेयर’ नाम दिएर उक्त शैक्षिक मेला दिउसो १२ देखि ४ बजेसम्म आयोजना गर्न लागेको हो ।
युकेका ३० भन्दा बढि विश्वविद्यालयहरुको उपस्थिति हुने उक्त शैक्षिक मेलामा युकेमा अध्ययन गर्ने इच्छा भएका विद्यार्थीहरुलाई सहजीकरण गर्ने योजना रहेको डल्फिन एजुकेशन कन्सल्टेन्सी विराटनगरका काउन्सिलर सरोज बस्नेतले बताए ।
बस्नेतले विश्विद्यालयका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई छात्रवृत्तिका अवसर, भर्ना प्रकृया, भिसा र स्थानको सम्बन्धमा जानकारी र जागिरको अवसरलगायतका विषयमा जानकारी गराउने बताए ।

भोली जुमको माध्यमबाट हुने यस शैक्षिक मेलामा विराटनगरका साथै काठमाडौं, बुटबललगायतका सहरबाट समेत विद्यार्थी र शैक्षिक परामर्शदाताहरुको उपस्थिति रहने बस्नेतले जानकारी दिए ।
उक्त शैक्षिक मेलामा सहभागी हुन विद्यार्थीहरुले https://bit.ly/dolphinbrtukfair लिंक प्रयोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्