सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगर । मोरङ ग्रामथान गाँउपालिका–४ का २५ बर्षीय धिरज माझीको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । कटहरी –७ तकिया चोक स्थितमा प्र१–०२–०४३प२०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी सुनसरी दुहबी नगरपालिका ८ बस्ने ६५ बर्षीया जगबती चौधरीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । मंगलबार साँझ ६ बजे सोनापुर चौक स्थित कोशी राजमार्गमा प्रदेश १–०२–००२च३८४८ नम्बरको एम्बुलेन्सले चौधरीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा घाईते भएकी चौधरीको गत राती १२ बजे नोवेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ । एम्बुलेन्स र चालक पाँचथर तुम्बेवा बस्ने चन्द्र राई नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्