विराटनगर–५ त्रिमूर्तिचौकमा खुल्ला व्यायामशाला

विराटनगर–५ त्रिमूर्तिचौकमा खुल्ला व्यायामशाला

विराटनगर । विराटनगर–५ त्रिमूर्ति चौकमा शनिबारदेखि खुल्ला व्यायामशाला सञ्चालनमा आएको छ । इृच्छुकले निःुशल्क सेवा लिने गरि खुल्ला व्यायामशाला स्थापना गरिएको हो । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले व्यायामशालाको औपचारिक उद्घाटन गर्नु भएको थियो । महानगरसँगको सहकार्यमा लायन्स क्लब अफ विराटनगर शुभमले व्यायामशाला निर्माण गरेको हो ।

लायन्स क्लबले विराटनगर महानगरपालिकासँगको सहकार्यमा सात लाख ५० हजारमा निर्माण गरिएको व्यायामशाला निःशुल्क रूपमा सञ्चालन हुने लायन्स क्लब अफ विराटनगर शुभम अध्यक्ष मोनिका शर्माको भनाई छ ।
विराटनगरका चार स्थानमा महानगरले खुल्ला व्यायामशाला निर्माण गर्ने निर्णय गरेको प्रमुख पराजुलीले त्यस अवसरमा जानकारी दिनुभएको छ । नियमित व्यायाम गर्नाले शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुन सकिने भएकोले खुल्ला व्यायामशालाको अवधारणा महानगरले बढाएको पराजुलीको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्