सूचनाको अधिकार पुरस्कार पत्रकार न्यौपाने र झा लाई दिने निर्णय

<span class='c1'>सूचनाको अधिकार पुरस्कार पत्रकार न्यौपाने</span> <span class='c2'>र झा लाई दिने निर्णय</span>

नेपाल पत्रकार महासंघ मोरङ शाखाले षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार धर्मेन्द्र झालाई दिने निर्णय गरेको छ ।

सूचनाको अधिकारको क्षेत्रमा कार्यरत अभियन्ता तथा पत्रकारलाई पुरस्कृत गर्ने क्रममा शाखाले गत वर्षको पुरस्कार झालाई दिने निर्णय गरेको हो । पुरस्कारको राशि ५० हजार ५१ छ ।

त्यस्तै षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार–२०७६ झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई दिने निर्णय भएको अध्यक्ष बन्धु पोखरेलले जानकारी दिएका छन् । उक्त पुरस्कारको राशि १५ हजार ५१ रहेको पनि उनले बताए ।

पुरस्कृत व्यक्ति छनौटका लागि नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष पोखरेलको संयोजकत्वको सदस्य यज्ञ शर्मा र निर्मल तामाङको छनौट समितिबाट सिफारिश भई आएको नामवली शाखाको शुक्रबार सम्पन्न बैठकले अनुमोदन गर्दै ती पुरस्कार दिने निर्णय गरेको हो ।

पुरस्कृत हुन लागेका झा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष हुन् । उनले सूचना अधिकारको क्षेत्रमा अभियन्ताको रुपमा पनि काम गर्दै आएका छन् । अर्का पुरस्कृत व्यक्ति मोहनकाजी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष समेत रहेका छन् ।

महासंघ मोरङ शाखाले यसअघि षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार–२०७५ बाट शिव गाउँलेलाई सम्मानित गरेको थियो ।

त्यस्तै, सोही पुरस्कार २०७४ सालमा तारानाथ दाहाल र २०७३ सालमा विनय कसजूलाई प्रदान गरिएको थियो । प्रोत्साहन पुरस्कार यसअघि गणेश लम्साल र राजु श्रेष्ठलाई प्रदान गरिएको थियो ।

अहिले वितरण गर्न लागिएको पुरस्कार गत वर्षको चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका दिन वितरण गर्नेगरी तयारीसमेत गरेको अवस्थामा कोभिड–१९ र चैत ११ गतेदेखिको लकडाउनले गर्दा रोकिएको थियो ।

पुरस्कार हरेक वर्ष चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका अवसरमा प्रदान गर्ने प्रचलन रही आएकोमा यस वर्ष महासंघको निर्वाचन तालिका प्रकाशित भई पुरस्कार वितरण कार्यक्रम प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै यही फागुन २८ गते शुक्रबार दिइने महासंघले जनाएको छ ।

सोही दिन दुवै जनालाई उक्त पुरस्कारबाट सम्मानित गरिने नेपाल पत्रकार महासंघ मोरङ शाखाले जानकारी दिएको छ ।

नागरिकको सूचनाको हकको संरक्षण, सम्वद्र्धन र प्रचलन गर्नका लागि विभिन्न अभियन्ताले काम गर्दै आएकोमा त्यस्ता अभियन्ताहरूलाई थप प्रोत्साहन गर्न नेपाल पत्रकार महासंघ मोरङ शाखाले रु.७ लाखको अक्षयकोष वि सं. २०७३ सालमा खडा गरेको हो ।

उक्त कोष सूचनाका अधिकारकै क्षेत्रमा कार्यरत विराटनगर–११ निवासी केदार बस्नेतले आफ्नी दिवगंत पत्नी षष्टिका बस्नेतको नाममा स्थापना गरेका हुन् । तस्बिर /उद्घोष दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्