विराटनगरका सुकुम्बासी समस्या सर्घष समितिद्धारा महानगर अगाडी धर्ना

विराटनगरका सुकुम्बासी समस्या सर्घष समितिद्धारा महानगर अगाडी धर्ना

विराटनगर । विराटनगरका सुकुम्बासी समस्या समाधान सर्घष समितिद्धारा आफूहरूलाई उठीबास लगाउन खोजिएको भन्दै महानगरपालिका कार्यालय अगाडि बसेर धर्ना दिएका छन् ।

उनीहरूले ‘भूमाफियालाई कारबाही गरौँ, सुकुमबासीको बस्ती उठाउन पाइँदैन, क्रान्तिकारी भूमिसुधार लागू गर, सुकुमबासीहरू एक हौँ,’ लेखेको प्ले–कार्ड बोकेर महानगर छिर्ने सडक मै बसेर धर्ना दिएका छन् ।
विराटनगर ३ स्थित गोग्राहा चोकस्थित ऐलानी जग्गामा ४० वर्षदेखि बस्दै आएका सुकुमबासी परिवारलाई जबरजस्ती हटाउन खोजेको भन्दै महानगरपालिका पदाधिकारीविरुद्ध उनहिरुले केहीबेर नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् । शुक्रबार अपरान्ह नगर प्रहरीहरू डोजरसहित सुकुम्बासीको बस्तीमा प्रवेश गरेपछि स्थानीय आन्दोलित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्