दुई किलो गाँजा सहित विराटनगरबाट ३ युवा पक्राउ

दुई किलो गाँजा सहित विराटनगरबाट ३ युवा पक्राउ

विराटनगर । मोरङ प्रहरीले दुई किलो अवैध लागुऔषध गाँजासहित विराटनगरबाछ तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो विराटनगर–५ स्थित लाइफ गार्ड अस्पतालछेउबाट धरान–११, सगरमाथा टोलका २५ वर्षीय दीपक राई, २७ वर्षीय राज राई र बर्जु गाउँपालिका–१ का ३४ वर्षीय चौथानन्द रायलाई पक्राउ परेका हुन् । को१ह ६७४८ नम्बरको टेम्पोको पछाडिको सिटमुनि जेब्रा झोला राखिएको दुई किलो गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्