उर्लाबारीका बास्तोला हत्या प्रकरण : अनुसन्धानमा खटिने प्रहरीलाई विभागिय सचेत गराउन सिफारिस

उर्लाबारीका बास्तोला हत्या प्रकरण : अनुसन्धानमा खटिने प्रहरीलाई विभागिय सचेत गराउन सिफारिस

विराटनगर । मोरङको उर्लाबारी–५ का प्रविण बास्तोलाको हत्या प्रकरणमा अनुसन्धानका लागि खटिएका प्रहरी कर्मचारीले कमिकमजोरी गरेको भन्दै विभागिय कारवाही अनुसार सचेत गराउन छानविन समितिले प्रतिवेदन बुझाएको छ । बास्तोला हत्या प्रकरणमा पीडितका आफन्तले अनुसन्धानमा प्रश्न उठाएपछि जिल्ला प्रहरी कार्यालय मोरङले गठन गरेको छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजानिक गर्दै कमजोरी ठह¥याएको हो ।

हत्या प्रकरणमा संलग्न भनिएका छ जना प्रतिवादी नै प्रहरीको नियन्त्रणमा परिसकेपछि प्रहरी नायव उपरीक्षक मानबहादुर राईको संयोजकत्वमा गठित समितिले आइतबार प्रतिवेदन सार्वजानिक गरेको हो । प्रतिवेदनमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुले अनुसन्धान मिसिलमा संलग्न कागजातहरु नियमित प्रमाणिकरण तथा तथा अनुसन्धान सम्बन्धी भौतिक सवुतको परीक्षण गर्ने र प्राप्त गर्ने विषयमा कमजोरी ठहर गरिएको छ । यसैगरी अनुसन्धानका क्रममा जाहेरवाला पक्षसँग प्रभावकारी एवं नियमित समन्वय र सम्पर्क गर्ने कार्यमा कमजोरी देखिएको उल्लेख गरिएको छ ।

तर, प्रहरी नायव उपरीक्षक राई संयोजकत्वको टोलिले बुझाएको छानविन प्रतिवेदनमा मृतक प्रविणको फोटो परिवर्तन गरिएको भन्दै पीडित लगाएको आरोपमा बदुनियतपूर्वक नभएको ठहर गरेको छ । प्रतिवेदनमा भनिएको छ, उक्त फोटो २०७७ भदौ ३ गते करेन्ट लागेर घाइते भएका लेटाङ–८ घर भई उर्लाबारी–७ बस्ने नविनराज घिमिरे गहतराजको रहेको उल्लेख छ । गहतराजको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले कम्प्यूटरमा राखेको फोटो प्रहरी जवान योगिन सार्कीले प्रिन्ट गरेर राखेको ठाउँबाट २०७७ फागुन ९ गते प्रविणको मिसिलमा संलग्न नभएको उल्लेख गरिएको छ ।

यसैगरी मृतक बास्तोलाको कपडा च्यातिएको भन्ने विषय समेत अस्पतालमा ईसीजी गर्दा सारिएको उल्लेख गरिएको छ । छानविन प्रतिवेदन समितिले केहि राय सुझाव समेत दिइएको छ । अनुसन्धानका क्रममा प्रहरीले जाहेरवालासँग पीडितमैत्री व्यवहार गर्नुपर्ने, लाशजाँच मुचुल्का तथा पोष्टमार्टम् प्रतिवेदनमा मृतकको बाहिरी शारीरिक अवस्था र चोटपटक(घाउँखत, शरीरमा लगाएको कपडाको अवस्था सम्बन्धमा सम्बन्धित अधिकारीहरुसँग समन्वय गरी विवरण समान अवस्थाको बनाउनु पर्ने साथै अविलम्व पोष्टमार्टम गरी भिसेरा परीक्षणको लागि तुरुन्त पठाई प्रतिवेदन यथाशिघ्रा प्राप्त गर्न सम्बन्धित निकाय एवम् पक्षसँग नियमित सम्पर्क र समन्वय गर्नुपर्ने ।

यसैगरी अभद्र व्यवहार कसूरमा अनुसन्धानमा रहेका प्रतिवादीहरुको कर्तव्य ज्यान कसूरमा समेत प्रतिवादी कायम भएको अवस्थामा अभद्र व्यवहार कसूरको अनुसन्धान प्रतिवेदन समेतको कार्य सम्पन्न गरेर मात्र कर्तव्य ज्यान कसूरमा पक्राउ अनुमति लिई कर्तव्य ज्यान कसूरमा अनुसन्धान अवधी प्रर्याप्त लिने रणनिति लिनु पर्ने सोको लागि अनुसन्धान अधिकृतले सम्बन्धित जिल्ला न्यायधिवक्तसँग राम्रो समन्वय गर्नु पर्ने सुझाव दिइएको छ ।

घटनामा संलग्न सबै प्रतिवादी पक्राउ
प्रहरीले घटनामा संलग्न भई फरार रहेका दुईजना प्रतिवादीलाई समेत पक्राउ गरेको छ । घटनामा संलग्नमध्येका मुख्य प्रतिवादी उर्लाबारी–६ का राजेश रणपहेलीलाई तीनदिन अगाडी रुपन्देही बुटबल–२ फुलबारी चौकबाट पक्राउ गरेर आइतबार जिल्ला अदालतमा उपस्थिति गराउने प्रक्रिया भईरहेको उल्लेख गरेको छ । यसैगरी अर्का प्रतिवादी झापा गौरादह–९ का दिपेश पौडेल समेत मोटरसाइकल चोरी आरोपमा झापाको दमक प्रहरीको नियन्त्रणमा रहेको उल्लेख गरिएको छ ।

यस अगाडी रतुवामाई–१० का मेहरमान दर्जी र उर्लाबारी–९ का कुमार राईलाई प्रहरीले अनुसन्धान प्रतिवेदनसहित सरकारी वलिकको कार्यालयमा बुझाएको थियो । जिल्ला अदालत मोरङले दर्जीलाई पूर्पक्ष र राईलाई धरौटी आदेश गरेको थियो । यसैगरी मोरङ उर्लाबारी–६ का रमेश गिरी एकलाख धरौटीमा र सुदिप परिवारलाई पूर्पक्षका लागि थुना पठाउने आदेश भईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्