धुलाम्मे सडक पिच नगरेको भन्दै विराटनगर ५ का स्थानियवासीद्धारा सडक अवरोध

धुलाम्मे सडक पिच नगरेको भन्दै विराटनगर ५ का स्थानियवासीद्धारा सडक अवरोध

विराटनगर । विराटनगर महानगरपालीका ५ शान्ति चौकका स्थानियवासीद्धारा सडक अवरोध पारेका छन् । भत्काइएको सडक लामो समयदेखी पिच नगरेको भन्दै स्थानियले सडकमा बाँस तेर्साएर यातायात अवरुद्ध पारेका छन् ।

सडक पिच गर्ने भन्दै भत्काएको लामो समय विति सक्दा पनि सडक पिच नगरेको भन्दै स्थानियवासीले आईतबारदेखी सडक अवरोध पारेका छन् । दैनिकी संयौको सख्यामा स्कुल तथा कलेजका बस लगायत मालबहाक ट्रक तथा ट्याम्पो रिक्शाले धुलो उढाउने गरेको कारण स्थानिय वासी धुलोले आजित भएर सडक अवरोध गर्नुपर्ने वाध्यथता आइपरेको स्थानियले बताएका छन् ।


उनीहरुले यसअघि पटक पटक वडा कार्यालय महानगरपालीका र सम्बन्धित सडक विभागलाई जानकारी गराएपनि कुनै सुनवाई नगरेका कारण आफुहरु वाध्य भएर सडकमा यातायात बन्द गर्नुपर्ने वाध्य भएको स्थानियवासी राजुकमार खड्काले बताउनुभयो
यता स्थानियवासीले गरेको सडक अवरोधका कारण सो बाटो हुदै हिड्ने पैदल यात्रु र सवारी साधनलाई समस्या हुदै आएको छ । आफुहरुको माग चाडै नै सम्बोधन हुने भन्दै स्थानियले गरेको सडक अवरोध कारण सोही बाटोमा हिड्ने सर्वसाधरणले पनि त्यति कै मात्रामा दुख पाएको सरस्वती पराजुलीले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्