महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस बिराटनगरमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न

बिराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम बिबिए दोश्रो सेमेष्टर ( सेक्सन बि ) मा अध्ययनरत बिद्यार्थीहरुद्वारा आयोजना गरिएको थियो जसमा २५ भन्दा बढी जना ले रक्तदान गरेका थिए ।

बिबिए पढ्ने विद्यार्थीहरूले सिएसए अर्थात् हरेक सेमेस्टरमा केही सामाजिक कार्यहरु गर्नुपर्ने हुन्छ जसवापत बिधार्थीहरूलाई फाइनल परिक्षामा मुल्यांकन समेत प्रदान गरिन्छ। यस्ता कार्यहरु आयोजना गर्दा केही फरक कुरा सिक्न पाइन्छ र नेतृत्व गर्ने क्षमताको पनि अभिवृद्धि हुन्छ आयोजक टिमकी सदस्य नितिया झवरले भनिन। बिराटनगरमा बिगतका दिनहरुमा रगतको निकै अभाव हुने भएकाले सो कार्यक्रमको आयोजना गरिएको हो र आउँदा दिनहरुमा पनि यस्ता कार्यक्रमहरु अझै लिएर आउनेछौं उनले बताइन् । विहान ८ बजे सुरु भएको कार्यक्रम दिउँसो १ बजे समापन गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्