विराटनगर । मोरङ बेलबारी नगरपालिका ७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागे मृत्यु भएको छ ।
आईतबार राती ९ बजे दुहबी–२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड गर्ने क्रममा ट्रकका सह–चालक आशिसलाई ईलेक्ट्रिक क्रेनमा करेन्ट लागी घाईते भएका उनको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।