कर्मचारी मिलन केन्द्र मोरङ्गद्वारा बार्षिक साधारण सभा सम्पन्न

कर्मचारी मिलन केन्द्र मोरङ्गद्वारा बार्षिक साधारण सभा सम्पन्न

कर्मचारी मिलन केन्द्र मोरङ्गले आफ्नो बार्षिक साधारण सभाका साथै रमाइलो बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा केन्द्रका प्रमुख संरक्षक उच्च अदालत मोरंगका माननीय मुख्य न्यायधीश तिल प्रसाद श्रेष्ठ लगायत उच्च तथा जिल्ला अदालतका माननीय न्यायाधीशहरु, केन्द्रका संरक्षक प्रमुख जिल्ला अधिकारी , प्रदेश सभाका सचिब लगायत सबै कार्यालयका प्रमुख तथा अधिकृतहरुको उपस्थित रहेको थियो।

उक्त साधारण सभाले शिक्षा बिकास तथा समन्वय इकाइ मोरङका श्री टंक गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसमध्ये उपाध्यक्षमा श्री राज कुमार दहाल मोरङ जिल्ला, सचिबमा श्री पीताम्बर वस्ती बिराटनगर महानगर पालिका,सह सचिबमा जिल्ला समन्वय समिति मोरङका श्री गणेश ब.कार्की, कोषाध्यक्षमा खानेपनी तथा ढल ब्यबस्थापन कार्यालयका श्री योगेन्द्र पौडेल ,सह कोषाध्यक्ष मा बाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय मोरङका सन्तोष पोख्रेल रहेका छन्। त्यसैगरी सदस्यहरुमा क्रमश : स्वास्थ कार्यालय मोरङका डा. शुरेष मेहेता, गुणस्तर तथा नापतौल कार्यालयका शम्भु झा,लेटाङ नगरपालिकाका अच्चुत दहाल, जिल्ला प्रशास कार्यालय मोरङका केशब खतिवडा, बिराटनर भन्सार कार्यालयका तेजमणी काफ्ले, नेपाल राष्ट्र बैक मोरङका लक्ष्मी प्र.तिम्सिना, संघिय आयोजना कार्यन्वयन इकाई कार्यालय मोरङका टेकनाथ रेग्मी रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्