विराटनगर । ठगी मुद्दाका फरार प्रतिवादी दुईवर्ष नौ महिनापछि पक्राउ परेका छन् । जिल्ला अदालत मोरङले एकलाख ५२ हजार र तीन महिना कैद फैसला गरेपछि फरार रहेका विराटनगर–१५ का बिशालकुमार रायलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी विरुद्ध जिल्ला अदालत मोरङले २०७५ असार १० गते जरिवाना र कैद सजाय तोकेको थियो । लामो समयसम्म फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलिले सोमबार पक्राउ गरेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई अदालतमा बुझाउने प्रक्रिया भईरहेको प्रहरीले जनाएको छ ।