विराटनगर–१६ बाट कुखुरा हलक्क बढाउने ७६७ बोतल मल्टिसोल भिटामिन बरामद

<span class='c1'>विराटनगर–१६ बाट कुखुरा हलक्क बढाउने</span> <span class='c2'>७६७ बोतल मल्टिसोल भिटामिन बरामद</span>

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा पोष्ट बखरीले विराटनगर–१६ दरैयास्थित केशलिया खोलाको किनारबाट कुखुरालाई खुवाउने भिटामिन बरामद गरेको छ । चारवटा साइकलमा भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको मल्टिसोल भिटामिन बरामद भएको हो ।

प्रहरीले ३ लाख ८ हजार मूल्य बराबरको ७६७ बोतल मल्टिसोल भिटामिन बरामद गरेको छ । जसमा एकसय एमएलको ४३३ बोतल, २०० एमएलको १४८ बोतल र ५०० एमएलको १४८ बोतल छन् । ठूलो परिमाणमा भित्र्याइएको भिटामिन ‘ए’ तथा ‘डी–३’ सिरफ ठूलै कारोबारीको हुनसक्ने आशंका गरिएको छ । सामान लिएर आउनेहरु भारतीय वा नेपाली कहाँका नागरिक हुन् भन्ने कुरा समेत खुलेको छैन ।

कुखुरा हलक्क बढाउनका लागि खुवाउने यो मल्टिसोल अवैध रुपमा नेपाल भित्र्याईरहेको सूचनाका आधारमा सीमा सुरक्षा पोष्टले निगरानी गरेको थियो । पोष्टका इन्चार्ज प्रहरी निरीक्षक दिलबहादुर पन्तका अनुसार बरामद साइकल र भिटामिन भन्सार कार्यालयमा बुझाइएको छ । चोरी पैठारीमा संलग्नहरु भने प्रहरीलाई देख्नासाथ फरार भएको पन्तको दावी छ । एकसय एमएलको मल्टिसोलको खरिद मूल्य १८५, २०० एमएलको ३६० र ५०० एमएलको ६९० भारतीय रुपैँया पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्