जीर्णभवन–साँघुरो परिसर :ट्राफिकको आफ्नै सवारी सडकमा पार्किङ

<span class='c1'>जीर्णभवन–साँघुरो परिसर :ट्राफिकको आफ्नै</span> <span class='c2'>सवारी सडकमा पार्किङ</span>

विराटनगर । पार्किङ्ग अभावमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङको आफ्नै सवारी सडकमा रोकिएको हुन्छ । ऐन विपरित कार्य गर्ने सवारी नियन्त्रण गरेर कारवाही चलाउने ट्राफिकको विराटनगर–९ स्थित ट्राफिक चौकमा रहेको कार्यालय अगाडी सडकमा उसकै सवारी रोकिएको हुन्छ । सवारी आवागमनको व्यवस्थापन गर्नुपर्ने ट्राफिक प्रहरी कार्यालय मोरङको भवन भने जीर्ण भईसकेको छ । कार्यालय परिसर समेत साँघुरो हुँदा आफ्नै सवारी समेत सडकमा रोक्नुपर्ने बाध्यता परेको हो ।

परिसर साँघुरो हुँदा कारवाहीमा परेर नियन्त्रणमा लिएका सवारी व्यवस्थापनमा समस्या समेत उतिकै परेको छ । तत्कालिन नगर प्रहरीको स्वामित्वमा रहेको एक कठ्ठा ६ धुर क्षेत्रफल भएको जमिनमा ४२ वर्ष अगाडी तीनतले भवन बनेको थियो । भवन अहिले जीर्ण अवस्थामा पुगेको छ । २०७२ सालको भूकम्पपछि तीनैतला चर्किएको र छतबाट पानी चुहिने समस्या रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्चार्ज प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

भवन परिसर साँघुरो हुँदा दैनिक कारवाहीमा परेका सवारी व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालयको परिसरमा पु¥याउनुपर्ने बाध्यता रहेको छ । ट्राफिक प्रहरीको कार्यालय परिसरमा पार्किङ गर्ने ठाउँ नहुँदा आफैंले प्रयोग गर्ने सवारी समेत सडकमा राख्नुपर्ने बाध्यता ट्राफिक प्रहरीलाई परेको हो । दुर्घटनामा परेका ठूला साना तथा साना सवारीलाई जिल्ला प्रहरी कार्यालयमा लगेर राखिने गरिएको छ । त्यस बाहेक कारवाहीमा परेर ल्याइएका सवारीलाई समेत राख्ने ठाउँ नहुँदा धेरै समस्या भएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

नयाँ भवन निर्माणका लागि पहल
नगर प्रहरीको स्वामित्वमा रहेको संरचनाबाट कार्यालय स्तान्तरण गरेर नयाँ भवन निर्माणका लागि पहल समेत भईरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । बढ्दो सवारी चाप र ट्राफिक व्यवस्थापनमा थपिएको चुनौतीका कारण कम्तिमा दश कठ्ठा क्षेत्रफलमा ट्राफिक कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले विराटनगर महानगरपालिकासँग संरचना निर्माणका लागि जग्गा र आर्थिक सहयोगको लागि अनुरोध समेत गरिसकेको छ ।
विराटनगर महानगरपालिका क्षेत्र भित्रको सडक पूर्वाधार निर्माण गर्दा पार्किङ सुविधा नराखिएका कारण त्यसको भार ट्राफिक व्यवस्थापनमा पर्दै आएको छ । बजार क्षेत्रमा कुनैपनि स्थानमा पार्किङस्थल नहुँदा सडककै दायाँ–बायाँ सवारी रोक्नुपर्ने बाध्यता रहेको छ । जसका कारण सवारी जाम हुने समस्या बारम्बार दोहोरिने गुनासो समेत उतिकै आउने गरेको छ ।

पार्किङमा झमेला नै झमेला
प्रहरी निरीक्षक खड्काले मुख्य बजार क्षेत्रमा तीन ठाउँमा सार्वजानिक पार्किङस्थल निर्माणका लागि महानगरसँग आग्रह गरिएको बताउनुभयो । ट्राफिकचौक सेन्ट्रल मलसम्मको सडकलाई कभर गर्ने गरि व्यक्तिको जग्गामा भएपनि पार्किङस्थल निर्माण गर्ने अवधारणा बढाइएको हो ।
जसमा सेन्ट्रल मल दक्षिणतर्फको दश कठ्ठा जग्गा, बैंक अफ काठमाण्डौं आसपास र बीप्लटको क्षेत्रभित्र सवारी पार्किङको अवधारणा अगाडी सारिएको हो । त्यस बाहेक महेन्द्रचौक–बरगाछी सवारी आवागमनका हिसाबले अतिव्यस्त क्षेत्रमा पर्दछ । यो क्षेत्रभित्रको सडक पूर्वतर्फ सवारी पार्किङ क्षेत्र तोकिएको छ । पश्चिमतर्फ पार्किङ गर्न पाइदैन । तर, ट्राफिक प्रहरीले मिलाएको पार्किङमा दुवैतर्फका व्यापारी सन्तुष्ट छैनन् ।
पूर्वकातर्फका व्यापारीले पसल अगाडी पार्किङ गराएकोले ग्राहक नआएको भन्दै गुनासो गर्ने गरेको प्रहरी निरीक्षक खड्काको भनाई छ । सडक पश्चिमतर्फका व्यापारीले भने पार्किङ पूर्वतर्फ बनाउँदा ग्राहक नआएको भन्दै गुनासो गर्ने गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्