विराटनगरमा आधारभुत पत्रकारिता तालिम सुरु

<span class='c1'>विराटनगरमा आधारभुत  पत्रकारिता</span> <span class='c2'> तालिम सुरु</span>

विराटनगर । नेपाल पत्रकार महासंघको आयोजना तथा मोरड शाखाको संयोजनमा ४० जनालाई पत्रकारिता तालिस सुरू गरेको छ । तालिमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका छन् ।

युरोपेली संघ तथा इस्टरनेशनल अलर्टको सहयोगमा एक हप्ते आधारभुत पत्रकारिता तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै मेयर पराजुलीले पत्रकारिता क्षेत्र कठिन पेशा भएको भन्दै त्यसैलाई रोजेर मात्र प्रशिक्षण लिन आग्रह गरे । उनले तालिम पश्चात खोजमुलक पत्रकारिता गर्न समेत अग्रह गरे । आधारभुत पत्रकारिता तालिम पस्चात एड्भान्स तालिमका लागि महानगरपालीकाले सहयोग गर्ने आश्वासन दिए ।

प्रादेशिक सन्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले पत्रकारिता क्षेत्रमा खड़कीएको जनशक्ति निर्माण गर्न तालिम प्रभावकारी हुने बताए । तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिईरहेका छन् । तालिममा सिरहा , सप्तरी उदयपुर ,सुनसरी झापा र मोरङका ४० जना प्रशिक्ष्यार्थी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्