मोरङको सुन्दरहरैँचामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

मोरङको सुन्दरहरैँचामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

विराटनगर । आफ्नै श्रीमती हत्या गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गौशाला टोलका ४४ वर्षीय विष्णु ऋषिदेवलाई श्रीमती हत्या आरोपमा पक्राउ गरेको हो ।

उनले सामान्य घरायसी विवादमा श्रीमती ३३ वर्षीया सावित्री दाहाल (ऋषिदेव)को हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सावित्री आइतबार राति ८ बजेतिर घरभित्रकै कोठामा मृत फेला अवस्थामा भेटिएकी थिइन् । उनको नाकबाट रगत बगिरहेको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट र निलडाम रहेको तथा हातका चुरासमेत फुटेको अवस्थामा शव भेटिएको थियो । हत्याको आशङ्कामा श्रीमानलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर घटनाको अनुसन्धान गरिरहेको छ ।
भोजपुर माइती भएकी सावित्रीसँग १८ वर्षअघि अन्तरजातीय प्रेमविवाह भएको थियो । उनीहरूका तीन छोरी छन् । १७ वर्षीया जेठीको बिहे भइसकेको छ । १५ वर्षीया माइली छोरी अपाङ्गा छिन् । कान्छी छोरी १२ वर्षकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्