दुई दिनमै ४ लाख ३२ हजार बढी ज्येष्ठ नागरिकले लगाए कोरोनाविरुद्धको खोप

दुई दिनमै   ४ लाख ३२ हजार बढी ज्येष्ठ नागरिकले  लगाए कोरोनाविरुद्धको खोप

काठमाडौँ
दोस्रो चरणको कोरोना भाइरस विरुद्धको खोप अभियानको २ दिनमा ४ लाख ३२ हजार ४ सय ६८ जना ज्येष्ठ नागरिकले खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दोस्रो चरणको खोप अभियानको पहिलो दिन २ लाख १७ हजार ३ सय १९ र दोस्रो दिन २ लाख १५ हजार १ सय ४९ जनाले खोप लगाएको आजको कोभिड खोप सम्बन्धी प्रेस व्रिफ्रिङमा जानकारी दिएका छन् ।

यस चरणमा ६५ वर्ष माथिका १७ लाख ८२ हजार ४ सय ६९ जनालाई खोप लगाउने लक्ष्य अनुसार आजसम्मको तथ्याङ्क हेर्दा २४ दशमलव ३ प्रतिशत खोप लगाइएको गौतमले जानकारी दिए ।

यस्तै स्वास्थ्य मन्त्रालयले जनाएअनुसार आज ५९ जनामा कोरोना भाइरसको संक्रमण समेत पुष्टि भएको छ । देशभर २ हजार ७ सय १५ वटा नमुनाको परीक्षण गर्दा ३४ पुरुष २५ महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमण हुनेको सङ्ख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको छ भने कोरोना सङ्क्रमणबाट आज ६० जना निको भएका छन् । यो सँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।

त्यसैगरी कोरोना सङ्क्रमणका कारण आज थप १ जनाको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या भने ३ हजार १२ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्