बिराटनगर महानगरपालिका वडा नं.१२ स्थित बखरी नजिकै प्लाष्टिकको १३ वटा डिजेलयुक्त गिलेन बरामद भएको छ। बरामद गिलेनमा अन्दाजी ६८० लिटर डिजल रहेको प्रेस बिज्ञप्तिमा जनाइएको छ ।
गत फागुन २४ गते साझको समयमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी गरी लैजानका लागी राखिएको सो डिजेलका गिलेनहरु यस कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा बरामद गरेको हो |बरामद डिजेल आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ ।