दुईजना महिलालाई भारतमा बेचबिखन गर्न लैजाने विराटनगरका दुईजना पक्राउ

<span class='c1'>दुईजना महिलालाई भारतमा बेचबिखन गर्न</span> <span class='c2'>लैजाने विराटनगरका दुईजना पक्राउ</span>

विराटनगर । दुईजना महिलालाई भारतमा बेचबिखनका लागि लैजादैं गरेको अवस्थामा विराटनगर–१६ दक्षिणगेटबाट विराटनगर निवासी दुईजना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१५ का काजी तामाङ र विराटनगर–१६ का प्रेमबहादुर मगरलाई प्रहरीले दुईजना महिलालाइृ झुक्याएर भारत लैजान लागेको आरोपमा पक्राउ गरेको हो ।

रोजगारीमा लगाईदिने बहाना बनाएर सिन्धुपाल्चोकका दुईजना महिलालाई काठमाण्डौं हुँदै उनीहरुले विराटनगर ल्याएका थिए । त्यसपछि भारत लैजान लागेपछि पीडित महिलाहरुकै उजुरीका आधारमा उनीहरुलाई प्रहरीले सीमा क्षेत्रबाट नियन्त्रण तथा उद्धार गरेको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय रानीको टोलिले गत फागुन २१ गते उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरु मानव बेचबिखनको क्रियाकलापमा संलग्न भएको खुलेपछि प्रहरी थप जालो पहिचानमा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्