जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले मोरंग जिल्ला बिराटनगर महानगरपालिका वडा नं.४ स्थित बरगाछी चोक नजिक बाट मुल्य रू १२ हजार बरावरको लत्ताकपडा बरामद गरेको छ।
भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको झोलामा प्याक गरी ल्याएको १६ पिस लेडिज कुर्ता सुरूवाल वेवारिसे अवस्थामा फेला पारेको छ। उक्त बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको खटिएको प्रहरी टोलीले जानकारी दिएको छ।
लत्ताकपडा साथै सोहि टोलीले भन्सार छलिका खाध्यन्न सामाग्री समेत बरगाछीबाट बरामद गरेको छ। भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी प्लाष्टिकको बोरामा विभिन्न किसिमका खाधान्य सामाग्रीहरु अन्दाजी रू १५ हजार भन्दा बढि बराबरको खाद्यान्न बेवारिसे अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ ।
बरामद सामाग्रीहरू:
-रेडबुल ९३ पिस
-बसम जुस ३८ पिस
-जिरा मसला ३ केजी
-भुजिया २ केजी
-विभिन्न ब्रान्डका बिस्कुट ५ केजी
-चिनि १३ केजी
-बिभिन्न ब्राण्डका चक्लेट २ केजी
-सुरज पापड ३ केजी
- मिट मसला २ केजी
-खोर्सानीको धुलो ७ प्याकेट
- सुनगाछी चिया पत्ती ४ केजी
लगायतका खाद्यान्न सामग्री बरामद गरेको प्रहरी नायब उपरीक्षक मान बहादुर राइले जानकारी दिएका छन्।