दुर्घटनामा दुईजनाको मृत्यु्

दुर्घटनामा दुईजनाको मृत्यु्

विराटनगर । झापा र सुनसरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । झापा, दमक नगरपालिका–१ श्रेष्ठ चौक र सुनसरको इनरुवा–८ मा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।

दमकको श्रेष्ठचौक स्थितमा मे१त ६०३२ नम्बरको ट्याक्टरबाट लडि सह–चालक ईलामका २१ बर्षीय बसन्त राईको मृत्यु भएको छ । बुधवार दिउसो साढे १ बजे ट्याक्टरबाट खसी घाईते भएका राईको उपचारको लागी लाईफ लाईन अस्पताल दमक पुग्न साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्याक्टर र चालक झापा दमक–३ का कैलाश तामाङ प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

यसैगरी सुनसरी ईनरुवा नगरपालिका–८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उरावको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको छ । बुधबार बेलुका साढे ५ बजे भोक्राहानरसिङ –४ स्थित पुर्ब–पश्चिम राजमार्गमा स४प ५७१३ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा घाईते भएकी उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको हो । दुर्घटनामा मोटरसाईकल चालक सप्तरी कैलाडी ६ बस्ने ५० बर्षीय शिव नारायण मण्डल समेत घाईते भई गोल्डेन अस्पताल विराटगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्