लागुऔषध सहित ३ जना पक्राउ

लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । उदयपुरमा २ जना र मोरङ १ जनालाई लागुऔषध सहित पक्राउ गरिएको छ । उदयपुर त्रियुगा ३ भुल्केका ३७ बर्षीय सहिद मियाँलाई नाइट्राजिपाम १५१ ट्याब्लेट स्पास्पो–प्राक्सोभन ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल सहित पक्राउ गरिएको छ भने उदयपुर बेलका (७ का ४० बर्षीय हस्त बहादुर राईलाई ६९०ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्यस्तै मोरङ विराटनगर–१६ हुलास चौक स्थितबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लेटाङ ५ का२४ बर्षीय प्रदिप राईलाई लागुऔषध एभिल–१० एम्पुल, लुपिजेसिक(१० एम्पुल, डाईजोलयाप(१० एम्पुल, फेनारगन–९ एम्पुल सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पक्राउ परेका उपर थप अनुसान्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्