बिराटनगरको डोलेश्वर महादेवको मन्दिर ओझेलमा

बिराटनगरको डोलेश्वर महादेवको मन्दिर ओझेलमा

विराटनगरमा विभिन्न देवीदेवताका मन्दिरहरु छन् तर सोहि मध्ये एक यस्तो मन्दिर छ जुन ओझेलमा परेको छ। त्यो हो सरस्वती टोलको सरस्वती मन्दिरको प्राङ्गणमा रहेको डोलेश्वर महादेवको मन्दिर। जुन धेरै जसोलाइ थाह नहुन सक्छ।
बिराटनगर निवासी दम्पति विष्णु लक्ष्मी श्रेष्ठले आफ्नो घरमा पुजा गर्न गाह्रो हुन थालेकोले सरस्वति मन्दिर समितिलाई आफुले घरमा थापेको डोलेस्वर महादेवको शिवलिंगलाई २०७१ सालमा मन्दिर समितिलाई अर्पण गर्नुभएको थियो ।
२०७१ सालमा स्थापना भएको डोलेश्वर महादेवलाई दोश्रो पशुपतिनाथका रुपमा चिनाउन सक्नु नै वहाँहरुको मुख्य लक्ष्य रहेको सरस्वति मन्दिर सन्चालक समितिकि सह सचिब इश्वरी कार्की (कडेल)ले जानकारि दिनुभयो।
यसपालिको महाशिवरात्री पुजामा भजन किर्तन गर्ने,सत्यनारायण पुजा,रुद्री पुजाको आयोजना,बेलुकी जाग्राम बस्ने लगायतको कार्यक्रम रहेको मन्दिर आजिवन सदस्य मिरा आचार्याले बताउनुभयो ।
अघिल्ला वर्षहरुमा भने यसपालिको झैँ रौनक अलि हुदैनथ्यो किन भने हाम्रो भजन किर्तन समितिको कुनै खास ड्रेस थिएन तरपनि विगतका वर्षहरुमा हामिले महाशिवरात्री पर्व टोलवासिको मात्र उपस्थितिमा पुजाआजा गर्ने गर्थ्यौ भने यसपाली देखि भने सबैजनामा एकरुपता आओस भन्ने उद्देश्यका साथ् अनिवार्य रुपमा समितिका ४५ जनै सदस्यले एकैखाले सारी लगाएर पुजामा उपस्थिति हुनुपर्ने नियम बनाएर सबैजना महिला दिदीबहिनीहरु उपस्थित भएर हर्षोल्लासका साथ् महाशिवरात्रिको पुजा आराधना गरेको कडेलले जानकारी दिनुभयो ।
मन्दिरमा एकादशि र बिहिबार नियमित भजन हुने र चौमासा को कथा पनि मन्दिरमा सुनाइने एक बुढि आमाले बताउनुभयो । भजन किर्तन टोलि कि अध्यक्ष मिना रेग्मीले बताएअनुसार मन्दिर समितिले जसरि देवि सरस्वतिको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ त्यसैगरि महादेवको दर्शन गर्न भक्तजनहरुको घुइँचो लागेको हेर्ने हामि समिति सदस्यहरूको ईच्छा छ।
सो स्थानमा सरस्वति माताको मन्दिर भने २०३३ सालमा सिल्यानास गरेर २०३५ सालदेखि पुजाआजा निरन्तरताका साथ गरिदै आएको र अब यस डोलेश्वोर महादेवको मन्दिरको पुजाआजालाई पनि निरन्तरता दिइरहने कडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्