षष्टिका बस्नेत सूचनाको अधिकार सम्मानबाट दुई पत्रकार सम्मानित

<span class='c1'>षष्टिका बस्नेत सूचनाको अधिकार</span> <span class='c2'>सम्मानबाट दुई पत्रकार सम्मानित</span>

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिएको छ । झा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष हुन् । उनले सूचना अधिकारको क्षेत्रमा अभियन्ताको रुपमा पनि काम गर्दै आएका छन् । । यसै गरि षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार झापाका पत्रकार मोहनकाजी न्यौपानेलाई प्रदान गरिएको छ । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष हुन् ।

आज शुक्रबार नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित कार्यक्रममा दुबै जनालाई पुरस्कृत गरिएको हो । उहाँहरुलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयूक्त रुपमा पुरस्कार प्रदान गर्नु भएको हो ।

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार ५० हजार ५१ रुपैया तथा षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्का १५ हजार ५१ रुपैया बराबरको पुरस्कार राशी रहेको छ । यस अघिका वर्षहरुमा षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट २०७३ सालमा विनय कसजू, २०७४ सालमा तारानाथ दाहाल र २०७५ बाट शिव गाउँले सम्मानित भइसक्नु भएको छ ।

यस पुरस्कार कोषको सूचनाको अधिकारकै क्षेत्रमा कार्यरत विराटनगरका ११ निवासी केदार बस्नेतले आफ्नी दिवगंत पत्नी षष्टिका बस्नेतको नाममा २०७३ सालमा स्थापना गरेका हुन् ।
यस पुरस्कार नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलको संयोजकत्वमा यज्ञ शर्मा र निर्मल तामाङ सम्मिलित छनौट समितिले प्राप्त सिफारिसका आधारमा छनौट गरेका व्यक्तिहरुले पाउने गर्दछन् ।

प्रत्येक वर्ष चैत १६ गते नेपाल पत्रकार महासंघको स्थापना दिवसका दिन वितरण गर्ने गरी तयारीसमेत गरेको अवस्थामा कोभिड १९ र चैत ११ गतेदेखिको लकडाउनले गर्दा रोकिएको पुरस्कार आज वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्