फारम भर्न नदिएपछि महेन्द्र मोरगं क्याम्पसविरुद्ध अदालतमा मुद्दा दर्ता

<span class='c1'>फारम भर्न नदिएपछि महेन्द्र मोरगं</span> <span class='c2'>क्याम्पसविरुद्ध अदालतमा मुद्दा दर्ता</span>

रङ्गेली नगरपालिका ३ का १८ वर्षीय कविर पन्तलाई सिम्याट विषयको प्रवेश परीक्षा उत्तीर्ण गरे पनि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले आवेदन फारम भर्न दिएन । उनले बिबिए प्रथम सेमेष्टरको लागि सिम्याट परिक्षाको समयमा आफु काठमान्डूमा भएकोले पुतलीसडक स्थित शंकरदेव क्याम्पसबाट परीक्षा दिइ उतीर्ण भएका थिए । त्रीभूवन विश्वविद्यालयको नियमानुसार विद्यार्थीले प्रवेश परिक्षा त्रीबी अन्तर्गतका जुनसुकै क्याम्पसमा दिए पनि अध्यन गर्न आफुले रुचाएको क्याम्पसमा आबेदन फारम भर्न पाउनुपर्ने हो तर आफ्नो हकमा महेन्द्र मोरगं क्याम्पसले त्यसो गर्न नदिएको र आफुलाई फारम भर्नबाट बन्चित गरेको भन्दै उनले उच्च अदालत विराटनगरमा क्याम्पसविरुद्ध परमादेश माग गर्दै मुद्दा दायर गरेका हुन् ।

उनी दुई पटक फारम भर्न पुगे पनि क्याम्पस प्रशासनले अन्य कलेजबाट इन्ट्रान्स दिएकालाई भर्ना गर्न नमिल्ने भन्दै फर्काएको थियो ।
त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयको सूचनामा जुनसुकै कलेजबाट इन्ट्रान्स पास गरेका विद्यार्थीले सो कोर्स रहेका जुनसुकै क्याम्पसमा आवेदन फारम भर्न पाउने सूचना जारी गरेको छ । उनले सोही आधारमा महेन्द्र मोरङमा फारम भर्न खोजेका थिए ।
आवेदन फारम भर्न नपाएपछि २५ गते नै महेन्द्र मोरङ क्याम्पस, सोही क्याम्पसको बीबीए विभाग र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिन कार्यालयलाई विपक्षी बनाएर रिट दायर भएको हो ।

नेपाल विद्यार्थी संघ मोरंगका बिद्यार्थी नेता योगराज दाहालले कलेजले कानुन र नियम नमानेकाले आफूहरुले न्यायका लागि अदालतमा मुद्दा दायर गरेको बताए ।

डिनको कार्यालयको सूचना

अदालतमा पेश भएको निवेदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्