दुखीको साथीद्वारा पाँचजना पत्रकारलाई सम्मान

<span class='c1'>दुखीको साथीद्वारा पाँचजना</span> <span class='c2'>पत्रकारलाई सम्मान</span>

विराटनगर । विराटनगरमा रहेर सामाजिक कार्य गर्दै आएको दुखको साथी नेपाल नामक संस्थाले ५ जना पत्रकारहरुलाई नगद सहित सम्मान गरेको छ । दुखको साथी नेपालको प्रथम वार्षिकोत्सवको उपलक्ष्यमा सो सम्मान कार्यक्रम शनिबार आयोजना गरिएको हो ।

विराटनगरमा आयोजित एक कार्यक्रम बीच पूर्व मन्त्री एवम् नेकपा एमालेका प्रदेश १ को सह–इन्चार्ज लालबाबु पण्डितले सम्मानित पत्रकारहरुलाई नगद सहित सम्मान पत्र वितरण गर्नुभयो । सम्मानित हुनेहरुमा प्रदेश पत्रकार महासंघका अध्यक्ष विक्रम लुइटेल, न्यू सृष्टि दैनिकका शंकर खरेल र ब्रम्हदेव यादव, हाम्रो मतका गोकुल पराजुली र नेपाल टेलिभिजन इटहरीका भूमिका पाख्रिन रहेका छन् । सम्मानित गर्ने भनिएकामध्ये पराजुलीले भने कार्यक्रममा गएनन् ।

यसैगरी सो संस्थाले क्यान्सर रोगबाट पिडित पत्रकार कमल पौडेललाई नगद २५ हजार रुपैया सहयोग गरेको संस्थाका अध्यक्ष जया पोखरेलले बताइन् । संस्थाले सामाजिक क्षेत्रमा कार्य गर्दै आएकोमा आगामी दिनमा पनि यसलाई निरन्तरता दिने अध्यक्ष पोखरेलले जानकारी दिइन् । कार्यक्रममा एमाले मोरङ अध्यक्ष ऋषिकेष पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्