बिराटनगर जेसिजका नयाँ सदस्यका लागि तालिम सम्पन्न

बिराटनगर जेसिजका नयाँ सदस्यका  लागि तालिम सम्पन्न

बिराटनगर जेसिजले जेसिजमा आबद्ध हुन चाहने युवाहरुका लागि ‘Know Jaycees: Be Active Citizen Training’ प्रदान गरेको छ। बिराटनगर जेसिजको सभा हलमा आयोजित कार्यक्रममा पचास भन्दा बढि युवाहरुको सहभागिता रहेको थियो ।
तालिममा प्रमुख प्रशिक्षकका रुपमा बिराटनगर जेसिजका पुर्व अध्यक्ष जेसि सेवक बजगाइ रहनु भएको थियो भने अन्य बक्ताहरुमा नेपाल जेसिजका पुर्व तालिम निर्देशक सिनेटर राजा बाबु साह , नेपाल जेसिज का पुर्व अध्यक्ष सिनेटर भोलेश्वर दुलाल , नेपाल जेसिजका पुर्व अध्यक्ष फुल कुमार लालवाणि नेपाल जेसिज का पुर्व कार्यकारिणि उपाध्यक्ष कैलाशखाकि श्रेष्ठ , श्याम सुन्दर पौडेल (मिलन) लगायतले जेसिज र जेसिजसँग सम्बन्धि बिषयमा सहजीकरण गर्नुभएको थियो ।

उधोगपति तथा नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर भोलेश्वर दुलालले युवाहरुले जेसिज प्रवेश गर्दा हुने फाइदा र त्यस बाट समाजमा पर्ने सकारात्मक प्रभावका बारेमा बताएका थिए।
आफना सबै ब्यबसाय मा देश भरका धेरै जेसिज सदस्यहरु कोहि कर्मचारिको रुपमा कोहि ब्यबसायिका रुपमा आफ्नो कम्पनिमा जोडिएको र यो आफु जेसिजमा लागेर मात्र सम्भव भएको बताए ।
युवाले जेसिजमा लागेर आफुलाइ निखार्दै अघि बढि ब्यबसायिको रुपमा समाजमा स्थापित हुन सम्भव रहेको नेपालमा धेरै कुरा गर्न सम्भावना भएको र बिदेश जानु पर्ने बाध्यता नेपालो युवामा नरहेको हुनाले कम्तिमा जेसिजमा लागेका युवाले यस तर्फ सोच्नु पर्ने दुलालको सुझाब थियो । साथै जेसिज सामाजिक सस्था मात्र नभएर नेतृत्व र ब्यक्तित्व बिकास गर्न सिकाउने महान पाठशाला रहेको उनको बिचार थियो ।

त्यस्तै प्रशिक्षक सेवक बजगाइले जेसिज युवा र ब्यबसायलाइ जोड्ने थलो रहेको र जेसिजलाइ रोज्ने युवा ले नेतृत्व र ब्यक्तित्व बिकासका साथै व्यावसायिक बिकासमा समेत सहजताका साथ अघि बढ्न सकिने बताए ।

त्यस्तै नेपाल जेसिजका पुर्व तालिम संयोजक राजा बाबु साहले जेसिजलाइ जिवनसँग जोड्न सके यसले आफ्नो नेतृत्व र ब्यक्तित्व बिकास मा सघाउ पुर्याउने तथा जेसिजमा लागेका युवाहरु अनुशासित क्षमतावान र धारा प्रवाहका साथ बोल्न सक्ने किसिमको हुनु पर्ने रे सो कुरा जेसिज ले सिकाउने बताए ।

तालिममा ब्यक्तित्व बिकास नेतृत्व बिकास लगायत विविध बिषयमा सहभागि युवाहरुलाइ प्रयोगात्मक रुपमा तालिम प्रदान गरिएको बिराटनगर जेसिजका तालिम संयोजक अभिनास थापाले जानकारी दिए ।

तालिम मा स्वास्थ क्षेत्र , बैकिङ क्षेत्र , शिक्षण क्षेत्र, बिभिन्न ब्यबसाय मा आवद्ध  जेसिजको सद्स्य बन्नका लागि आएका नव आगन्तुक युवाहरु लाइ सहभागि गराइएको बिराटनगर जेसिजका सदस्य अभिबृद्धि सयोजक रमेश अधिकारीले जानकारी दिए ।

बिराटनगर जेसिजको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बिराटनगर जेसिजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका पुर्व अध्यक्ष सिनेटर फुलकुमार लालवाणिको प्रमुख आतिथ्य तथा बिराटनगर जेसिजका अध्यक्ष प्रदिप दाहालको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्