सरदार बाँतर समुदायका उदयमान कलाकारलाई नगदसहित सम्मान

सरदार बाँतर समुदायका उदयमान कलाकारलाई नगदसहित सम्मान

विराटनगर । सरदार बाँतर समुदायका उदयमान दुईजना गायिकालाई नगदसहित सम्मान गरिएको छ । हिपमत मिडिया हाउस प्रा.लि.ले विराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरेर सुमिका सरदार र कलाकार ममता सरदारलाई प्रोत्साहन स्वरुप जनही ५÷५ हजार नगदसहित सम्मान गरेको हो ।

कलाकारद्वयलाई रेडियो नेपालका बरिष्ठ गायक रामा मण्डल र बलिउडका कलाकार नाफे खानसहितका अथितिहरुले सम्मान गर्नु भएको थियो । सोही कार्यक्रमको अवसरमा प्रवासी सरदार बाँतर युवा एकता समाज उत्थान केन्द्र नेपालका १५ जना पदाधिकारी एवं सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

अध्यक्ष रंजित सरदार, उपाध्यक्ष जुगतलाल सरदार, उपाध्यक्ष रमेश सरदार, महासचिव प्रवीणकुमार सरदार, सचिव चंदन सरदार, कोषाध्यक्ष पल्टा सरदार, सदस्यहरु अनित राय यादव, चनरी कुमारी सरदार, प्रमोद महतो, राजेन्द्र सरदार, राजु कोइरी, उमेश कुमार सरदार, सोनादेवी सरदार, संजय सरदार र अभिनन्दन सरदारलाई प्रशंसा पत्र प्रदान गरिएको मिडिया हाउसका अध्यक्ष विरेन्द्र साहले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्