राष्ट्रपतिद्वारा काजी कालु पाँडेको समाधिस्थल अवलोकन

राष्ट्रपतिद्वारा काजी कालु पाँडेको समाधिस्थल अवलोकन

काठमान्डु
ऐतिहासिक तथा रणनीतिक महत्व बोकेको काजी कालु पाँडेको समाधिस्थल रहेको स्थान पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा समेत विकसित हुँदै गइरहेको छ ।

नेपालको एकीकरण र निर्माणका क्रममा अतूलनीय योगदान दिनुभएका विर योद्धा काजी कालु पाँडेको समाधिस्थल रहेको क्षेत्र ऐतिहासिक र रणनितिक महत्व बोकेको स्थान हो ।

पछिल्लो समय सो स्थान पर्यटकीय गन्तव्यको रुपमा समेत विकसित हुँदै गइरहेको छ । काठमाडौंको दहचोकमा रहेको ऐतिहासिक स्थलको राष्ट्रपति विद्यादेवी भन्डारीले अवलोकन भ्रमण गर्नुभयो । त्यसबखत वहाँले दहचोकमा रहेको काजी कालु पाँडेको समाधिमा माल्यापर्ण गर्नुभयो ।

यस्तै राष्ट्रपति भन्डारीले सो क्षेत्रमा रहेको मनकामना मन्दिरमा पूजा गर्नुका साथै त्यस क्षेत्रमा रहेका इन्द्र इन्द्रायणी मन्दिर, महादेव मन्दिर,इन्द्रदह,कोतघर तथा अन्य सांस्कृतिक सम्पदा, मठमन्दिर तथा पाटी सतलको अवलोकन समेत गर्नुभएको छ ।

काठमान्डौको घुम्नैपर्ने १ सय गन्तव्यको सूचिमा सूचिकृत सो क्षेत्रमा पर्यटकलाई आर्कषित गर्नका लागि भ्यू टावर, मन्दिर लगायतका संरचनाको निर्माण गरिएको छ ।

पर्यटन प्रवद्धनका लागि हरेक वर्ष सो क्षेत्रमा इन्द्रदह पर्यटन महोत्सवको समेत आयोजना गर्ने गरिएको छ । पर्यटकिय र रमणिय स्थलको रुपमा विकास हुँदै गइरहेको सो स्थलको विकासका लागि थप पूर्वाधार निर्माणमा जोड दिइएको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

वि सं २०७२ सालको भुकम्पले सो स्थानमा रहेका अन्य मठमन्दिरमा क्षति पु्र्‍याएको थियो । ती धार्मिक तथा सांस्कृतिक सम्पदा र मठमन्दिरको पुननिर्माण पनि सम्पन्न भइसकेको छ ।

नेपालको बाइसे, चौबीसे लगायत काठमान्डौ उपत्यकाका राज्यहरुको एकीकरण गरी आधुनिक नेपाल राज्य निर्माणमा काजी कालु पाँडेले योगदान पुर्याउनुभएको थियो ।

कूटनितिज्ञ तथा राजनितिज्ञ काजी कालु पाँडेले वि सं १८१४ साल जेठ १९ गते कीर्तिपुरको युद्धमा वीरगति प्राप्त गर्नुभएको थियो । उहाँले विरगति प्राप्त गरेपछि उहाँकै इच्छा बमोजिम सो क्षेत्रमा उहाँको समाधिस्थल निर्माण गरिएको हो ।-नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्